एक युवा निशुल्क विर्यदान गरेर सय जनाको बाउ

काठमाडौं -विर्यदान गर्ने एक युवाले आफूले अहिलेसम्म धेरै जनालाई विर्यदान गरेको र आफू सय जनाको बाउ बनिसकेको दाबी गरेका छन् ।

उनले फेसबुकमै पेज खोलेर निःशुल्क रूपमा निसन्तानहरूलाई विर्यदान गर्ने गरेका छन् । ३७ वर्षीय यी पुरुष अमेरिकाको नर्थ क्यारोलाइना निवासी म्याट स्टोन हुन् ।

उनले डेली मिररसँग भनेका छन् कि उनलाई दैनिक रूपमा कमसेकक १० जनाले सम्पर्क गर्ने गरेका छन् । उनले यो सेवा दस वर्षअघि शुरु गरेका हुन् जतिखेर उनले एक वीर्यब्यांकमा काम गर्ने गर्थे ।

चारवर्षअघि उनले फेसबुकमा निःशुःल्क विर्यदान गर्ने इच्छासहितको पेज खोलेका थिए । उनले फेसबुकमार्फत सम्पर्कमा आएका निसन्तान जोडी र एक्ली महिलाहरूलाई विर्यदान गर्ने गर्दछन् ।

उनले बताए, ‘सम्भवतः मेरो विर्यकै कारण अहिले २० जना महिलाहरू गर्भवती छन् ।’साँच्चै आफ्नो विर्यकै कारण यत्रा सन्तान उत्पादन गर्न पाउँदा मान्छेमा कस्तो अनुभूति हुदो हो ?


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी