सेक्स डलका कारण विवाह गर्ने जापानी पुरुषहरुमा कमी

काठमाडौं – हालका दिनहरुमा हरेक पाँच मध्ये एक जापानी पुरुष ५० बर्षको उमेर सम्म विवाह नगर्ने गरेको पाईएको छ । कारण साथीको सटा सेक्स डल जापाानी पुरुषहरुको लागि मुख्य आकर्षकको विन्दु बन्दै आएको छ । जापानमा यस्ता डलहरुलाई “डच वाइफ” भन्ने गरिन्छ । यस्को असर भनेको जापानकाे बृद्ध जनसंख्यामा बृद्धि आउनु पनि रहेको छ |

पहिलो पटक हेर्दा यस्ता डलहरु कुनै सुन्दर महिला जस्तै देखिन्छन् । यस्तो डल निर्माण गर्ने टोकियोको फर्म आँरिएन्टल इन्डस्ट्रिका अनुसर यस्ता डलहरु हाइपर रिएलिस्टिक डलहरु हुन् । यस्ता डलहरुको आँखा र छाला मानिसको जस्तै हुन्छन् । यस्ता डलहरुको मूल्य चार हजार पाउन्डमा विक्री हुने गरेका छन् । पछिल्ला दिनहरुमा यस्ता डलहरुको माग बढ्दै गएको कम्पनिको दाबी छ ।

साथै कम्पनीे खरिदकर्ताले चाहे अनुसारको डल बनाउने गरेको छ । खरिदकर्ताले डलको फिगर, साइज, लुक, कपालको मापर्ने रङ छान्न पाउने सुविधा प्रदान गर्दै आएको छ ।

कम्पनीका अनुसार डलको पछिल्लो मोडलमा मूवेबल ज्वाइन्ट्स राखिएको छ, जसले गर्दा कुनै पनि पोजिशनमा राख्न मिल्दछ । निर्माण कम्पनी यस्ता सेक्स टोयजलाई धेरै भन्दा धेरै रिएलिस्टिक बनाउने कोशिसमा लागेको छ । जुन जापानको हाईटेक इन्डस्ट्रिको हिस्सा बन्दै गएका छन् ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी