दैंलामाथि तस्विर हेर्दै’ (भिडियोसहित)

सोल-प्रदेसिएपछि चाडबाडमा सबैं भन्दा बढी घरपरिवार आफन्तजनलाई जो कोही संझन्छ ।यस्तैं मार्मिक कथाबस्तु बोकेको तिहारसंबन्धी ‘ दैंलामाथि तस्विर हेर्दै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपालीहरुको पर्व शुभ दिपावली नजिकिदैं गरेको अवस्थामा प्रवासी दाजुले भाईटिकामा आफनो बैंनीलाई र बैंनीले दाजुलाई कसरी संझन्छ त्यसको सेरोफेरोमा रहेर गीतकार नगेन्द्र थापामगर र गान्धिव सुवेदीले निर्देशनमार्फत कथालाई उतारेका छन् ।

विकास विकको स्वर र संगीतमा युवाउद्दमीको परिचय बनाएका यम श्रेष्ठले अभिनय गरेका छन् ।श्रेष्ठले यो गीतको सबैंपक्ष मन परेको हुनाले आफुले अभिनय गरेको बताए ।’अत्यन्त मर्मस्पर्शी शब्दमा विकास विकको संगीत र स्वर पनि उतिकैं उत्कृष्ट छ’, उनले थपे ।

यो भिडियोमा श्रेष्ठको साथमा बैंनीको भुमिकामा बिना पुन अन्य कलाकारमा बेद कुमार श्रेष्ठ ,बुद्द कुमारी श्रेष्ठले अभिनय गरेका छन् ।पेन्जी योङगको छाँयाकन र सम्पादन बिनोद श्रेष्ठको रहेको छ ।संगीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् ।

‘मौलिक चाडपर्व, संस्कृति र परम्परालाई संरक्षण र सम्बर्द्धन गर्नुपर्छ अनि जहाँ रहेपनी सबैलाई यसको झझल्को र सम्झना आइरहनेछ ।’यो गीत पिडालाई सान्त्वना दिने खालको भएकोले सबैले मन पराउनु हुनेछ भन्ने बिश्वास लिएको रचनाकार तथा निर्देशक नगेन्द्र थापाले बताए ।

गायक र गितकार द्वयको ‘थाहै नपाइ’ नामक एल्बम यस अघि सार्वजनिक भैंसकेको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी