दक्षिण कोरियामा रातो मसिले किन लेख्न हुदैन ?

सोल – हरेक ठाउँका आफ्ना केही अन्धविश्वास तथा परम्परागत मान्यता हुन्छन् । नचाहँदा नचाहँदै पनि हामी कैयौँ अन्धविश्वासप्रति विश्वास गर्छौँ । बिरालोले बाटो काट्यो भने हिँडिरहेको अवस्थामा केही बेर रोकिन्छौँ हामी । यस्तै एउटा अन्धविश्वास हो, रातो मसीले लेख्न नहुने कुरा ।

 

हो, दुनियाँमा एउटा यस्तो देश छ जहाँ रातो मसीले लेख्न सख्त मनाही छ । उक्त देशमा आममान्यता के छ भने रातो मसीले यदि कोही व्यक्तिको नाम लेखेमा उसको मृत्यु हुन्छ।

 
यस्तो अनौठो अन्धविश्वास रहेको देश हो, दक्षिण कोरिया । सायद दक्षिण कोरिया दुनियाँमा एउटा मात्र यस्तो देश हो जहाँ रातो मसीले लेख्न सख्त मनाही छ ।

 

सोही कारण दक्षिण कोरियामा बालबालिकालाई रातो मसी भएको कलमबाट टाढै राखिन्छ । दक्षिण कोरियालीहरुले सदियौँ देखि यो अन्धविश्वासलाई मान्दै आएका छन् |


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी