मलेसियन नागरिक मलेसियन एयरमा बिदेशी मुद्रासहित पक्राउ

काठमाडौं-काठमाडौंबाट मलेसियन एयर चढेर मलेसिया जान लागेका एक मलेसियन नागरिक पक्राउ परेका छन् | राहदानी नम्बर ८३१६२१११७ बाहक ५१ वर्षीय KESHMINDER HINGEH MILKIT SINGH लाई बिभिन्न देशको अबैध मुद्र लुकाएर लान लागेका बेला प्रहरीले पक्राउ गरेको हो |

SINGH ले अवैध रुपमा अमेरिकी डलर ६ हजार ७ सय, पाउण्ड १ हजार ९ सय, सिंगापुर डलर २ हजार ८ सय, अष्ट्रेलियन डलर ५ सय, संयुक्त अरब इमिरेट्स दिराम ९ हजार ७ सय ५५, भारतीय रुपैयाँ ७३ हजार ५ सय, मलेसियन रिङ्गेट ३० हजार ४ सय ९० र नेपाली रुपैयाँ ४७ हजार लिएर अबैध रुपमा मलेसिया लान खोजेका थिए |

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी