नेपाली बजारमा सामसङ ग्यालेक्सी ट्याब ए सेभेन १६ हजारमा

२३ माघ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए नेपाली बजारमा ल्याएको छ । यो मनोरञ्जनको लागि उत्कृष्ट बन्ने दाबी कम्पनीको छ ।

ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । फोरजीको साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने छ ।

 

आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा ननस्लिप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ । यसलाई जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिन्छ । एच डि डिस्प्लेको करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुने छ । यो आफैमा एक पावर हाउस हो यसमा लामो समयसम्म चल्ने ४००० एमएएच व्याट्री राखिएको छ, जसले भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिन्छ ।

यो फोनलाई कुनै निश्चित समय सम्मको लागि वा कुनै यापलाई नियन्त्रित गर्न सकिन्छ । यसरी अभिभावकले आफ्ना बालबच्चाहरुलाई खास विषयमा केन्द्रित राख्न सक्नुहुन्छ । साथै एपमा विताउने समयको निर्धारण पनि सहजै गर्न सकिन्छ ।

१.५ गिगाहर्ज को क्वाड कोर प्रोसेसर, १.५ जीबीको र्‍याम तथा ८ जिबिको इन्टरनल मेमोरि ९ माइक्रो एसडी कार्डको प्रयोग गरी २०० जीबीसम्म बढाउन सकिने० ५ मेगा पिक्सलको ए एफ रियर क्यामरा जसले सफा एवम् स्पर्ट फोटो खिच्न सकिन्छ । साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

ग्यालेक्सी ट्याब ए नेपाली बजारमा रु.१५ हजार ९ सयमा उपलब्ध रहेको छ । यसका दुई आकर्षक रंगहरु हृवाइट तथा तथा ब्ल्याक रहेका छन् ।

ग्यालेक्सी ट्याब ए नेपाल अधिराज्यभर सामसङका आधिकारिक ब्राण्ड स्टोरहरुमा उपलब्ध रहेको छ ।

 


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी