काठमाण्डौँमा महिला पुर्नस्थापना केन्द्र निर्माणका लागि जापानले अनुदान दिने

काठमाडौं – नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले अपांगता भएका र हिंसाका शिकार महिलाका लागि पुर्नस्थापना केन्द्र निर्माणका लागि अनुदान सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

 

अनुदान सम्झौतामा जापानी दुतावास र नेपाल अपांग महिला संघका अध्यक्ष निर्मला धितालले हस्ताक्षर गरेका थिए । काठमाण्डौँ महानगरमा अपांगता भएका महिलाकालागि पुर्नस्थापना केन्द्र निर्माण परियोजना आर्थिक वर्ष २०१७ का लागि जापान ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको अनुदानमा निर्माण हुन लागेको हो ।

 

उक्त परियोजनाको कुल अनुदान ८९ लाख २ सय घ६ अमेरिकी डलर अर्थात ९० लाख नेपाली रुपैया रहेको छ । हिंसाबाट पीडित अपांग महिलाका लागि पुर्नस्थापना केन्द्रको दोस्रो तलाको निर्माणमा उक्त परियोजनाले सघाउने छ । उक्त भवनको भुइ तलाको निर्माण भने महिला , बालबालिका तथा समाजकल्याण मन्त्रालय र अन्यको सहयोगमा भएको थियो ।

 

जिजिपीको अनुदान उक्त भवनको दोस्रो तल्लामा कोठा , भान्सा , डाइनिङ , स्टोर , कार्यालय र शौचालय निर्माणमा प्रयोग गरिने छ । परियोजना सम्पन्न भएपछि उक्त पुर्नस्थापना केन्द्रमा वसोवास गरिरहेकाहरु नयाँ भवनमा सारिनेछन् जहाँ उनीहरुले उपचार र सामाजिक समर्थन प्राप्त गर्न सक्नेछन् ।

 

यस परियोजनाले हिंसा पीडित महिलाहरुको पुर्नस्थापनामा योगदान पुर्याउने जापानी दुतावासको विश्वास रहेको छ । साथै नेपाल र जापानको द्विपक्षीय सम्बन्ध सुदृढ पार्न पनि यस परियोजनाले भुमिका खेल्ने दुतावासको विश्वास रहेको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी