कोरियामा “कविता कन्सर्ट-२०१८” सम्पन्न , सुनिए उपेन्द्र सुब्बा

सोल – “आदिवासी सौन्दर्य र पहिचानको आवाज ” भन्ने मौलिक उदघोष सहित इतर आवाज साहित्य समाजद्वारा सौलको नेपाल हाउसमा “कविता कन्सर्ट-२०१८”  सम्पन्न भएको छ।

सिर्जनशील अराजकताका अभियन्ता कवि उपेन्द्र सुब्बाको प्रमुख आतिथत्व,इतर आवाज साहित्य समाजका शिर्षविन्दु पराजित पोमूको अध्यक्षमा कार्यक्रम भएको थियो |

कार्यक्रममा पछिल्लो पुस्ताका बलशाली कविका कविताहरु वाचन भएका थिए। कविहरु मातृका नेम्बाङ, खोम गुरुङ, देबेन्द्र थाम्सुहाङ, सन्जय काउचा, सुष्मा रानाहँमा, प्रमोद साराङ्ग, विष्णु लामा, सुरेन्द्र कार्की, डम्बर सुब्बा, मन कु. तामाङ, रामचन्द्र शर्मा, जीवन खत्री, शकुन आँसु, बलिन्द्र बाबु , कृष्ण किरात, एकलब्य, गोपिकृष्ण लामिछाने, जनक सन्त्याल, राजु राई र सुरेशसिंह सम्बाहाम्फे लगायतका कविहरुले आफ्नो कविता वाचन गरेका थिए |

 

रङ्गबादी कवि स्वप्निल स्मृति प्राविधिक त्रुटि बाबजुत उपस्थित हुन नसकेता पनि उनको कविताहरु स्वप्निल, धोका र जिन्दगी माइला शिर्षकका कविताहरु अराजक कवि उपेन्द्र सुब्बाले वाचन गरेका थिए।नेपाल हाउसभित्र खचाखच दर्शकदिर्घाको उपस्तिथि माझ कार्यक्रमका आकर्षक प्रमुख अतिथि रहेका कवि उपेन्द्र सुब्बाले आफ्ना चर्चित कविता कृति खोलाको गीतबाट सुरुवातमा नै कृति शिर्षक कविताबाट कविता वाचन गरेका थिए।

 

त्यसपछि लगातार सायद, विश्वास, बाटो, ना.४ ख ४३८५, ढुंगाको मन, साँल्दीज्यू! एक ट्वाक चढाऊँ कि- र भेडेटारकाे पिकनिक वाचन गरेका थिए।आफ्नै मौलिक पाराले वाचन गर्ने शैली र कवितामा भएका पात्रसित सम्बाद गर्ने बेजोड प्रस्तुतिले दर्शकदिर्घालाइ अत्यन्तै लोभ्याएका थिए।

 

“प्रवासमा रहेर पनि नेपाली साहित्यको विकास र प्रवर्धनमा हामी लागि परेका छौं।” ,इतर आवाजका शिर्षविन्दु पराजित पोमूले उदघोष गरे।कार्यक्रमलाई कवि उत्तम खजुमले संचालन गरेका थिए।यो संस्थाले गएको गर्मी विदामा बुसान स्थित हिउन्देमा इतर आवाज साहित्य मेलाको आयोजना गरेको थियो।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी