कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

सन् २००८ मा नेपाल सरकार र दक्षिण कोरिया सरकार बिच सम्झौता भएर ईपिएस प्रणाली लागु गरिएको हो । थोरै लगानीमा राम्रो कमाई हुने हुदा नेपाली युवा माझ कोरिया निकै आकर्षक गन्तब्यको रुपमा परिचित छ । उसो त पछिल्लो तथ्यांक अनुसार कोरियामा औधोगिक दुर्घटना परेर र आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या पनि बददो छ । कोरिया जान चाहने युवालाई लिईने कोरियन भाषा परिक्षा प्राय जसो हरेक बर्ष खुल्ने गर्छ । यसै बिषयमा केन्द्रित रहेर ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडासंग हटपाटी संवाददाता निश्चल काउचाले गरेको कुराकानी :-

 

 

यो बर्षको पिबिटी परिक्षा कहिले हुन्छ ?
अहिलेसम्म एचआरडी कोरियाबाट कुनै कार्यतालिका आएको छैन । सामान्यतया जेठको अन्तिम सातामा हुन्छ ।

 

 

यसपाली कोटा थपघट हुने सम्भावना छ ?
अहिले नै यसै भन्न सकिन्न । आसा गरौ फोहोर साल भन्दा बढेर आउने छ ।

 

 

आउदो बर्ष देखि कम्पुटर प्रणालीमा आधारित परिक्षा लागु गरिने भनिएको छ नी?
२०१९ देखि नै लागु हुन्छ । अहिले हाम्रो सिबिटी परिक्षा हल निर्माणकार्य जारि छ । २०२० देखि त अनिबार्य रुपमा कम्पुटर प्रणालीमा जानै पर्छ । हामी त्यहि अनुसार अगाडी बढिरहेका छौं ।

 

 

पछिल्लो चरण औधोगिक दुर्घटनामा परेर र आत्महत्या गरेर ज्यान गुमाउने नेपालीको संख्या बददो छ । यसलाई रोक्न ईपिएस कोरिया शाखा नेपालले के -कस्तो कदम चालेको छ ?
यस बिषयमा हामी एकदमै संवेदनसिल छौ । यहि बिषयमा हामीले वर्कसप पनि गरिसकेका छौ । उक्त वर्कसपले दिएको प्रतिवेदनलाई कार्यन्वयन पनि गरिरहेका छौ । केहि हप्ता अघि मात्र दुई जना नेपाली डाक्टरलाई कोरिया पठाएर कामदारसंग अन्तरक्रिया पनि गरिसकेको अवस्था हो । अव डाक्टरहरुको रिपोर्ट आए पछि राज्यको स्रोत र साधनले भ्याएसम्म लागु गर्ने छौ । ओरेन्टेसन क्लास दिईने सामाजिक मनोपरामर्श पहिले एउटा मात्र दिईने गरिन्थ्यो भने अहिले दुईवटा क्लास दिने गरेका छौ । पाठयक्रम पनि चेञ्ज गरेर कोरिया पुगे पछि भैपरी आउने घटना ,दुर्घटनाको बारेमा अर्को क्लास पनि चाडै नै थप्दै छौ ।

 

 

कोरिया रहेका नेपाली कामदारको लागि रेमिट हाईड्रोमा लगानी गर्ने अवसर जुटाउने कार्ययोजना कहाँ पुग्यो ?
यस बारे मलाई जानकारी गराईएको छैन । यस्ता खालका योजनाहरुमा नेपाल सरकारले नै नीति ल्याउनु पर्छ ।

 

 

कोरियाबाट फर्केका कामदारलाई लिइने सिबिटी परिक्षा कहिले हुन्छ ?
हामीलाई एचआरडी कोरियाबाट प्राप्त कार्यतालिका अनुसार अप्रिल र अगस्तमा फारम खुल्ने भनिएको छ । परिक्षा मिति नै तोकेर अहिलेसम्म एचआरडी कोरियाबाट कार्यतालिका आएको छैन । २०१८ भित्र सिबिटी परिक्षा दुई चोटी हुन्छ ।

 

 

कोरिया पुगेर हुण्डी च्यानल प्रयोग गरेर पैसा पठाए पुन कोरिया जान रोक लगाईने निती ल्याईने भनिएको थियो नी?
यसबारे नेपाल सरकारले पहल गरिरहेको छ । अब छिट्टै नै कार्यन्वयन हुन्छ ।

 

 

कोरियाबाट फर्केका कामदारलाई स्वदेश फर्के पछि उधम गर्न चाहनेलाई सहुलियत रुपमा ऋण दिने भनिएको थियो । कहिले देखि कार्यन्वयनमा आउछ ?
यस बिषयमा पनि नेपाल सरकारले नै नीति ल्याउनु पर्छ । हामी कहाँ कुनै नीति आएको छैन ।

 

 

अन्त्यमा कोरिया जान चाहने युवाहरुलाई केहि भन्न चाहनु हुन्छकी?
पछिल्लो तथ्यांक अनुसार कोरियामा औधोगिक दुर्घटना परेर र आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या बढिरहेको छ । कोरियामा अरु देशको तुलनामा कडा परिश्रम गर्नु पर्ने भएकोले काम गर्न सक्छु भन्ने मानसिकता बोकेर जानु होला ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी