आरम्भ माइक्रोफाइनान्सको आइपीओ फागुन १५ देखि खुला

काठमाण्डौ – आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी फागुन १५ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ । संस्थाले कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।

 

जस मध्ये ८ हजार ८ सय २० कित्ता आरम्भका कर्मचारीका लागि, १४ हजार ७ सय कित्ता सामूहिक लगानीकोषहरुका लागि र बाँकी २ लाख ७० हजार ४ सय ८० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमीटेड रहेको छ ।

 

काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीको हालको चुक्तापूँजी ३ करोड ६ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको पूँजी ६ करोड पुग्ने छ । फागुन १५ देखि निश्कासन हुने आइपीओका लागि छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा २९ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी