नेप्से सूचक १४०० मुनि , कारोबार रकम पनि घट्यो

काठमाडौं – लगानीकर्ताको नयाँ सरकार गठनसँगै सेयर बजार बढने अनुमान बिपरित नेप्से सूचक १७.१८ अंकले घटेर १३९६.७२ विन्दुमा आइपुगेको छ ।

 

कारोबार रकममा पनि गिरावट आएको छ । कुल १६० कम्पनीको ४० करोड ५८ लाख रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार भएका १० वटा समूहमध्ये होटल र अन्य समूहको सूचकमा मात्र हरियाली आएको छ ।

 

बाँकी सबै सूचक घटेका छन् । सबैभन्दा धेरै बिमा समूहमा ११०.५६ अंकको गिरावट आएको छ । उत्पादनमूलक समूह पनि ५०.२६ अंकले रातो भएको छ । यता, होटल समूहमा भने ३.३५ अंकको हरियाली देखिएको छ ।

 

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्सको संस्थापक सेयर अघि आएको छ । नेपाल लाइफको ५ करोड ७० लाख रुपैयाँ भन्दा धेरैको संस्थापक सेयर किनबेच भएको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी