कोरियाका मोस्ट वान्टेड अपराधी नेपालमा पक्राउ

काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेको कोरियन अपराधी नेपालबाट पक्राउ परेका छन् ।

 

लागूऔषध कारोबारसँगै ठगीमा समेत संलग्न कोरियन अपराधी सिउन ओन लीलाई पोखरा प्रहरीले त्यहाँको लेकसाइडस्थित न्यू फ्याम्ली होम होटलबाट पक्राउ गरिएको हो ।

 

उनलाई प्रहरीले ३ फागुनमा पक्राउ गरिएको र कोरिया डिपाेर्ट गर्ने तयारी भइरहेको स्रोतले बतायो । उनी एम २५११२९९ नम्बरको पासपोर्ट लिएर पोखरा बसेका थिए ।

 

मस्टवान्टेड अपराधी उनी विभिन्न देशका प्रहरीलाई छक्याउँदै नेपालसम्म आइपुगेका थिए ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी