रियल मड्रिडद्वारा अलाभेस ४–० ले पराजित

काठमाडौं – रोनाल्डोले दोहोरो गोल गरेको खेलमा रियल मड्रिडले सहज जित निकालेको छ। स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिडले शनिबार राति भएको खेलमा अलाभेसलाई ४–० ले पराजित गर्याे।

 

रियल मड्रिडको जितमा रोनाल्डोसँगै ग्यारेथ बेल र करीम बेन्जिमाले थप समान एक एक गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको पहिलो मिनेटमै बेलले मड्रिडको अग्रता दोब्बर बनाएका थिए।

 

खेलको ६१औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे भने ८९औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई ४–० को सहज जित दिलाए। जितसँगै तेस्रो स्थानको रियलले २५ खेलबाट ५१ अंक छ। रियल शिर्ष स्थानको बार्सिलोनाभन्दा १४ अंकले पछि छ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी