ग्रीजमानको ह्याट्रिकसँगै एथ्लेटिकोसंग सेभिया पराजित

लण्डन – एन्टानियो ग्रीजमानको ह्याट्रिकको मद्दतले सेभियालाई पराजित गर्दै एथ्लेटिको म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी सात अंकमा झारेको छ ।

 

एथ्लेटिकोले खेलको २९ औँ मिनेटमा डिएगो कोस्टाको गोलको मद्दतले अग्रता लिएको थियो भने पहिलो हाफ सकिन लाग्दा ग्रीजमानले अग्रता दोब्बर बनाए ।

 

चेल्सीबाट फर्के यता स्पेनका फरवार्डले पाँच गोल गरिसकेका छन् । दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै ग्रीजमानले एथ्लेटिकोको अग्रता फराकिलो बनाए ।

 

खेलको ६५ औँ मिनेटमा कोकेले एथ्लेटिकोका लागि चौँथो गोल गरे भने ८१ औँ मिनेटमा ग्रीजमानले आफ्नो ह्याट्रिक पूरा गरे । खेलको अन्त्यतिर ५ मिनेटको अन्तरालमा पाबलो साराबिया र नोलिटोले गोल गरे पनि सेभियाका लागि त्यो सान्तवना गोलमात्र बन्न पुग्यो ।

 

आगामी आइतबार बार्सिलोनाले एथ्लेटिकोको आतिथ्य गर्नेछ । यसअघि भ्यालेन्सियाले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै चौँथो स्थानमा कायम रहेको छ ।

 

भिल्लेरियालले भने गेटाफेलाई १–० ले हराउँदै सेभियालाई उछिनेर लिगको पाँचौ स्थानमा कायम रहेको छ । अन्य खेलमा एथ्लेटिक बिल्बाओले मालामामाथि २–१ को जीत हासिल गर्यो ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी