आज देखि आरम्भ माइक्रोफाइनान्सको आइपीओ खुला

काठमाण्डौ – आरम्भ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले फागुन १५ गते(आज)देखि आइपीओ निश्कासन गरेको छ । काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

 

आइपीओका लागि छिटोमा फागुन २१ गतेसम्म र ढिलोमा २९ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ ।

 

एकसय रुपैयाँ दरका कुल निश्कासन हुने कित्तामध्ये ८ हजार ८ सय २० कित्ता आरम्भका कर्मचारीका लागि, १४ हजार ७ सय कित्ता सामूहिक लगानीकोषहरुका लागि र बाँकी २ लाख ७० हजार ४ सय ८० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । तर, धितोपत्र बोर्डले सार्वजनिक निश्कासनको बाँडफाँडमा प्रति आवेदक १० कित्ता अनिवार्य गरेपछि हौसिएर धेरै आवेदन गर्नु आवश्यक छैन ।

 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमीटेड रहेको छ | हाल कम्पनीको चुक्तापूँजी ३ करोड ६ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी