एसवाई प्यानलको प्रयोगले समय र पैसाको बचत हुने – एसवाई ग्रुपका अध्यक्ष दोन

रमेश खावाजु –दक्षिण कोरियाली भवन निर्माण सामग्री उत्पादन  गर्ने एसवाई  प्यानल कोरियाका  कार्यकारी निर्देशक तथा एसवाई ग्रुपका अध्यक्ष होङ योङ दोनले  चितवनस्थित  नवनिर्मित एसवाई प्यानल कारखानाको अवलोकन गरेका छन |

सनिबार एसवाई प्यानल नेपालको  नवनिर्मित रत्ननगर-१४ ,चितवनस्थित कारखानामा आइपुगेका अध्यक्ष दोनले स्वागत कार्यक्रममा सहभागी एसवाई प्यानलका ४२  डिलर सदस्यहरुलाई एसवाई प्यानलका उत्पादनको  प्रयोगले समय र पैसाको बचत हुने बताए l एसवाई प्यानलले बिश्वको उत्कृष्ट प्यानल उत्पादन गर्ने भएकोले नेपालमा निकै उपयोगी तथा छिटै बजार लिने बिश्वास पनि व्यक्त गरे |

कार्यक्रममा एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक जोंङ  सक पार्कले नेपालको महाभूकम्पमा परम्परागत सामाग्रीद्वारा निर्मित घरहरुमा निकै क्षति भए  पश्चात भूकम्पप्रतिरोधी भवन निर्माण गर्ने प्यानलको महत्व बढेको बताए  | नेपाली बजारमा प्यानल , युपिभिसि झ्याल, स्टिल ढोकाको माग धेरै बढिरहेको पुन बताए |

कार्यक्रममा एसवाई  ग्रुपका उपाध्यक्ष ली अग योङ , भारतका पुर्व नेपाली राजदुत दुर्गेश मान सिंह , रत्ननगर नगरपालिका  वार्ड १४ का अध्यक्ष हरि कुमार श्रेष्ठ लगायत एस प्यानल नेपालका कर्माचारीहरु सहभागी भएका थिए |

 


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी