कपिलवस्तुमा एसवाई प्यानल नेपालको पहिलो डिलर कार्यालय

रमेश खावाजु –
कपिलवस्तुमा एसवाई प्यानल नेपालको डिलर बुद्धभूमि एसवाई प्यानल सप्लायर्सको कार्यलयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

बुद्धभूमि एसवाई प्यानल सप्लायर्स एसवाई प्यानलको ४३ वटा डिलरहरुमध्ये स्यान्डविच प्यानलकै कार्यलय बनाएर औपचारिक उद्घाटन गर्ने पहिलो डिलर हो । बुद्धभूमि नगरपालिका गुरुसिंगे-२ मा गत शुक्रबार बिहान ११ बजे सुरु भएको उद्घाटन कार्यक्रममा उक्त नगरपालिकाका मेयर केशब श्रेष्ठ र एसवाई प्यानल .को.एल.टि.डीका निर्देशक छे दोङग इलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

नगरपालिकाका मेयर केशब श्रेष्ठले शुभकामना दिंदै एसवाई प्यानलको बारेमा आफुले जानकारी लिईरहेको तथा नगरपालिकामा यस प्यानलको बारेमा छलफल गर्ने बताउनुभयो । त्यस्तै एसवाई प्यानल नेपालका कोरियन निर्देशक छे दोङग इलले बुद्धभूमि एसवाई प्यानल सप्लायर्सलाई शुभकामना ब्यक्त गर्दै डिलरको बजार विस्तारमा एसवाई प्यानल नेपालले सक्दो सहयोग गर्ने बताए ।

बिगत ४ बर्ष देखि बिभिन्न घरहरु निर्माण गर्दै आएका बुद्धभूमि एसवाई प्यानल सप्लायर्सका प्रोपाइटर समिर खनालले कपिलवस्तुमा कोरियन प्रबिधिद्वारा तयार गरिएको एसवाई प्यानलले तिब्रगतिमा बजार लिने बिश्वास ब्यक्त गरे । उक्त कार्यक्रममा नगरपालिकाका मेयर केशब श्रेष्ठ ,एसवाई प्यानल नेपालका कोरियन निर्देशक छे दोङग इल ,एसवाई प्यानल नेपालका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फे ,व्यवसायीहरु तथा समाजसेवीहरु सहभागी भएका थिए ।

 


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी