प्यारडाईमको १७ औ अभिभावक दिवस सम्पन्न

काठमाडौं ।काठमाडौं सामाखुशीस्थित प्यारडाईम पब्लिक स्कुलले आफनो १७ अभिभावक दिवस शनिबार विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । प्रदेश नं. ३ का सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण गरी प्यारडाईम स्कुलले १७ औं अभिभावक दिवस मनाएको हो ।

स्कुलका प्रिन्सिपल रेजिन श्रेष्ठले आजका बालबच्चा धेरैं चनाखो छन् यद्दपि सामाजिक सञ्जालमा बढी समय व्यतित गर्नाले अध्ययनमा मन नलगाउने भएकोले अभिभावक चनाखो रहनुपर्ने बताए । सो कार्यक्रममा पासाङ्ग ल्हमु कलेजका निर्देशक बच्चुनारायण श्रेष्ठ,अधिवक्ता नन्द राई,काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारी,कवि तथा प्याब्सनका उपाध्यक्ष प्रेम राई, ईमपेरियल स्कुलका प्रिन्सिपल जयराम चापागाई लगायतले आ आफनो मन्तव्य राखेका थिए ।


विधार्थी भाई बहिनीले नृत्य,कराँते,योगा,नाटक साथैं गीत संगीत मार्फत उपस्थित अभिभावकलाई भरपुर मनोरञ्जन दिएका थिए । अतिथि कलाकारमा दि भोईस अफ नेपालमा टप १२ मा पर्न सफल तेजेद्र गन्धर्व,गणेश लिम्बु,खुशी थामी,सुस्मिता राईले गीत गाएका थिए । त्यसैंगरी एलिपोज राईले नृत्य, हास्य कलाकार टाईफिटिङ्ग बाजेले एकछिन् भए पनि मज्जाले हसाएका थिए । कार्यक्रमको अन्तमा पुर्व विधार्थीहरुले समेत प्रस्तुती दिएका थिए ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी