२३ करोड थान ५० रुपैयाँको नोट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई

काठमाडौं- नेपाल राष्ट्र बैंकले २३ करोड थान ५० रुपैयाँको नयाँ नोट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई दिएको छ।

बैंकले ४७ लाख ७२ हजार ५ सय युरोमा २३ करोड थान ५० रुपैयाँको नोट छाप्न लागेको हो। ओबर्थर फिडुसियर लगायतका कम्पनीसँग यस्तो सम्झौता भएको हो।

नयाँ नोट ७ देखि ८ महिनाभित्र छापिएर नेपाल आइपुग्ने समेत राष्ट्र बैंकले जनाएको छ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी