युएई दुताबासमा फोन उठाउने मान्छे तोकेर थाले राजदूतले काम

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपालका नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले दूतावासको फोन उठाउने जिम्मेवारी एकजना कर्मचारीलाई तोकेर आफ्नो कामको सुरुवात गरेका छन् । नेपालका विदेशस्थित दूतावासले फोन नै नउठाउने गरेको भनेर गुनासो आउने गरेकोले आफूले फोन उठाउने कामको जिम्मेवारी दूतावासका कर्मचारी पुष्कल लामालाई दिएको उनले जनाएका छन् ।

राजदूत ढकालका अनुसार दूतावासको फोनमा कार्यालय खुलेको दिन बिहान १० देखि ५ बजेसम्म सम्पर्क गरेर गुनासो गर्न वा दूतावासले प्रदान गर्ने विभिन्न सेवा सुविधाबारेमा सोधपुछ गर्न सकिनेछ । उनले त्यसका लागि उनले सम्पर्क नम्बर पनि तोकेका छन् ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी