त्रिभुजिय शिक्षा आजको आवश्यकता हो – सुरज लम्साल

सुरज लम्साल रयाप गायक हुन तर आज भोली गायन भन्दा योगा र त्रिभुजिय शिक्षामा व्यस्त रहेका छन् । शिक्षा क्षेत्रलाई फरक ढंगले नियाल्दै आएका लम्साल पथिक त्रिभुजिय शिक्षा सेन्टरका अध्यक्ष हुन् । पथिक त्रिभुजिय शिक्षा सेन्टर आचार्य श्री पथिकद्धारा प्रतिपादित शिक्षा हो । त्रिभुजिय शिक्षामा आधारित रहेर मानिसका तीन मस्तिष्कका क्षमतालाई उजागर गर्दै आफनो मौलिक गुण,प्रकृति र स्वभाव अनुरुप उत्पादनशील,तनाव रहित र सहज जविनशैलीमा रहने कलाको विकास गर्न खोलिएको संस्था हो । यो संस्थाले के गरीरहेको छ र गर्दैछ भन्ने विषयको सेरोफेरोमा रहेर  थर्ड आई ले गर्नु भएको
कुराकानीका अंश ।

आज भोली केमा व्यस्त हुनुहुन्छ ?

आजभोली पथिक त्रिभुजीय शिक्षा सेन्टरको अध्यक्षको रुपमा कार्यरत रही विभिन्न कार्यक्रमहरु गरीरहेका छौं ।

त्रिभुजिय शिक्षा भन्नाले के बुझिन्छ ?

हामी मनुष्यमा तीन मस्तिष्क अबस्थित छ, ती तीनै मस्तिष्कलाई उत्खनन गरेर त्यसमा भएका क्षमतालाई उजागर तथा प्रस्फुटन गर्न सकेमा मनुष्यले बहु प्रतिभाशाली भएर कर्म, प्रेम तथा विविध कलाद्वारा सुसज्जित हुन्छ र अपार प्रतिभा, सृजनात्मकता, बैज्ञानिक दृष्टिमा बाँच्न सक्ने र त्यसले उ आफै सफल तथा प्रगतिमुखि हुनुका साथसाथै सुखी, शान्त, समृद्ध, प्रशन्न, आनन्द भई अरुलाई पनि आफुले जाने, बुझेको कुरालाई बाँड्न सक्ने हुन्छ । यसरी स्वयं एक ब्यक्ति लगायत उसको मातहतमा जुट्न आउने अरुलाई पनि जीवन उपलब्धि हुन केहि आधार सृजना हुन सक्ने हुन्छ र  रहोस भन्ने आशय त्रिभुजीय शिक्षाको अबधारणा अन्तरगत रहन्छ जुन शिक्षा एक नितान्त जीवन शैंलीको बैज्ञानिक तबरले बाँच्ने कला बिकास गर्ने पद्दति हो ।

यसको आवश्कता किन ? परम्परागत शिक्षा भन्दा के फरक छ ?

परम्परागत शिक्षाले सामाजिक साँस्कृतिक शिक्षा अनुरुपको वैज्ञानिक अवधारणाको स्पष्टता नभेटिएको रुपमा मान्यतारुपी सैंद्धान्तिक शिक्षा  अनुरुपको  जीवन शैली र स्कुल, कलेजको पठनपाठन अन्तरगत अरुले आ आफनो समय, काल, परिवेश अन्तरगत  भोगेको अनुभव र अनुभुतिलाई सुचनाको रुपमा पुस्तकमा उतारेको  सूचना संग्रह  हो । जुन कुरालाई व्यवहारिक तवरले नभोगी , नबुझिकन त्यसलाई केबल सूचनाको रुपमा देब्रे मस्तिष्कमा भरेर अरुलाई संप्रषण गर्ने गर्छौं । जुन मूल्य र मान्यतामा मात्र आधारित हुन्छ र ठाउँ परिवेश सुहाउँदो र समय अन्तरालमा लागू नहुन पनि सक्छ वा त्यसलाई परिमार्जित वा सृजनात्मकताको  हिसावले उत्पादनमुखि बनाउन पनि त्यही कुराहरु पनि बाधक बन्ने गर्छन ।

तीन मस्तिष्कलाई उजागर र प्रत्युपादन गर्न नसकेर सिमित दायरामा बस्नु पर्ने मूल्य मान्यता भित्रको उकुसमुकुसमा मानिस भएको हुनाले जीवन यापन तथा दृष्टि उदार हुने किसिमको शिक्षालाई संबोधन यस शिक्षाले गर्छ ।

पथिक त्रिभुजिय शिक्षालाई कसरी अघि बढाईरहनुभएको छ ?

पथिक त्रिभुजीय शिक्षा सेन्टरले तीन मस्तिष्कको बिकासको लागि हुने किसिमको तालिम, अबधारणा प्रस्तुति, कार्यशाला र यसलाई टेवा दिने हेतु ले विविध कार्यक्रमहरु अघि बढाईरहको छ ।

त्रिभुजीय शिक्षाले विधार्थीमा तत्काल पार्ने असर र प्रभाव के हो ?

त्रिभुजिय शिक्षाको एक भुजाले मानवीय गुडको बिकास, दोस्रो भुजामा दक्षता तथा सृजात्मकता जसमा बैज्ञानिक दृष्टि सहितको उत्पादनशील आधारको विकास हुने गर्छ ।

जिवनको वृद्धि र बिकास, जीवन जिउने कला र मृत्युको कलालाई संबोधन गर्ने हुनाले यसले मनुष्यले तीन मस्तिष्कको उत्खनन् र बिकास द्वारा मनुष्य सन्तुलित जीवन जिउने र अरुलाई पनि बाँड्न सक्ने हुनाले बिद्यार्थीले जीवन दृष्टिको दायरालाई अलिक फरक र उदार दायराले सोच्न सक्छन् ।

त्रिभुजीय शिक्षालाई पाठ्यक्रममा समावेश गर्न के गर्नुपर्ला तपाईहरुले यसलाई कसरी लिनुभएको छ ?

यसलाई पाठ्यक्रममा समाबेश गर्न सरकारी तबरबाट पहल हुनु पर्ने हो । नीति निर्धारण सहितको राज्यले सबै कुराको संयन्त्र जोडेर लान सक्ने विविध आधारहरु छन्। केही क्षेत्रहरुमा ब्यक्ति तथा संस्थाले पनि पहल गर्न सक्ने हुन्छ र त्यसलाई बिगत दस बर्षदेखि आचार्य श्री पथिक द्वारा संरक्षित “पथिक फाउण्डेसन” ले अभियन्ताहरु नेपालका विभिन्न जिल्लामा गई स्कुल, कलेज, समाज, समिति, व्यवसायिक  संस्थामा कार्यक्रमहरु गरीरहेका छौं । “पथिक फाउण्डेसन” मिस्ट्रि स्कूलमा  आफनैं पुर्वाधारसहितको ध्यान,योग,साधना र सामूहिक जिवनशैलिको अभ्यास विगत २० बर्ष देखि भईरहेको छ ।

अरु के मा व्यस्त हुनुहुन्छ त्रिभुजिय शिक्षा बाहेक ?

” डिस्क्रिप्सन” २ निकाल्ने प्रयास सहित म्युजिक म्यानेजमेन्ट सम्बन्धि केही गर्ने सोच छ । अध्यात्म अन्तरगतको ध्यान, योग, साधना जीवन शैली नै भईहाल्यो। जानेका कुरा र यो यात्रामा हिड्ने लाई सिकाउने पनि गरेको छु ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी