एस वाई प्यानल र आरती बिल्डिङ हबबीच डिलरसिप सम्झौंता

काठमाडौं । आरती बिल्डिङ हब प्राईभेट लिमिटेडले एस वाई नेपाल प्राईभेट लिमिटेडसंग काठमाडौंको आधिकारिक बिक्रेताको लागि सम्झौंता पत्रमा हस्ताक्षर गरेको छ ।

काठमाडौं हात्तीगौंडास्थित रहेको आरतीले एस वाई प्यानलसंग २२ बुंदे संझौंता पत्रमा मार्च ११ मा हस्ताक्षर गरेको हो ।

हस्ताक्षरमा एस वाई प्यानलको तर्फबाट उपाध्यक्ष किम छुल हो र आरतीको तर्फबाट महानिर्देशक टिका बि एन देउलाले हस्ताक्षर गरेका हुन् । आरती बिल्डिङ हबले एस वाई प्यानलद्धारा उत्पादित सामानहरुको बजारमा प्रचारप्रसार ,बिक्रीवितरण तथा अन्य सेवाहरु प्रदान गर्नेछ ।

आरतीले एस वाईको सम्पुर्ण सामानहरु ईपिएस प्यानल ,स्टिल डोर, एबिएस डोर,युपिभिसि झयाल,डेको टाइल्स आदिको प्रचारप्रसार दोहोरो बजार प्रर्वद्धन गर्ने सम्झौंता गरेको हो।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी