रक गायक सुदिप थकालीको जापानमा धमाकेदार प्रस्तुति

जापान : रक गायक सुदिप थकालीले जापानमा धमाकेदार प्रस्तुति दिएका छन् । जापानमा भएको एक सांगीतिक कार्यक्रममा उनले आफ्नो रक गित तथा अन्य गीतहरुको माध्यम बाट दर्शक श्रोताको मन जित्न सफल भएका थिए । उनि संगै नेपाल बाट गएका अर्का चर्चित गायक बिजय लामाको समेत जोडदार प्रस्तुति रहेको थियो । जापानलाइ कर्मभूमि बनाउदै बिगत लामो समय देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानैदेखि गीत संगीतका पारखी थिए l शास्त्रीय संगीतदेखि विभिन्न विधाका संगीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप शालीन तथा मिलनसार स्वभावका छन् l

रक स्टार एल्बम सांगीतिक बजारमा ल्याएर चर्चा कमाएका रक गायक सुदिप भर्सटाइल गायकको रुपमा देश विदेशमा परिचित छन् l जापानको टोकियोमा अबस्थित रोयल गार्डेन रेष्टुरेन्टमा भएको उक्त सांगीतिक कार्यक्रम “लाइभ इन टोकियो” मा उनको बिसेष प्रस्तुति रहेको थियो ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी