संसारभरी जिमेलमा समस्या

एजेन्सी : जिमेलमा संसारभरी समस्या देखिएको छ । संसारभरीका जिमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी दिएका छन् ।

गुगलको जिसुट स्टेटस ड्यासबोर्डमा मंगलबार राती ११ः३८ मा पोष्ट भएको एउटा मेसेजमा ‘जिमेलको सेवा अवरोध’ भइरहेको बताइएको छ ।

‘हामी जिमेलको समस्याबारे अनुसन्धान गरिरहेका छौं,’ उक्त मेसेजमा भनिएको छ । ‘हामी यसबारे थप जानकारी चाँडै नै दिनेछौं । प्रयोगकर्ताको जिमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको छ । यहाँका मेसेज डाउनलोड एवं फरवार्ड केही गर्न मिलिरहेको छैन ।’

जिमेल नचलेपछि यसका प्रयोगकर्ताले विभिन्न ट्वीट गरेका छन् ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी