तपाईं अहिले बैदेशिक रोजगार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अप्रिलदेखि जापानले नेपाली कामदार लैंजादैं

नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो । एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानीफुर्सदमा

कोरियन भाषा परीक्षाको आवेदन यसरी भर्नुस्(भिडियो)पैसा तिर्न बैंकमै जानुनपर्ने

७ चैत, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम आगामी भोलि शुक्रबारदेखि खुला हुने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् ।फुर्सदमा

विदेशिने कामदार ४० प्रतिशतले घटे

२४ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमाफुर्सदमा

कोरियामा अनौठो स्टाटस लेखेका शोभित मृत भेटिए,स्टाटस सहित

सोल-दक्षिण कोरियामा एक नेपाली युवकको मृत्यु भएको छ । रोजगार अनुमति प्रणालीमार्फत मजदूरी गर्न यहा आएका पाँचथर मिक्लाजुंग गाउपालिकाका सनोज शोभित आङ्गदेम्बेको सुतेकै अवस्थामा मृत्यु भएको हो । पांच बर्ष अघि यहा आएका आङ्गदेम्बे वाईजन्ग्बोमा रहेको एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए । सो कम्पनीमा काम गरिरहेका अन्य नेपालीकाफुर्सदमा

कोरियामा विदेशीको संख्या दोब्बर वृद्धि

सोल -रोजगारीको हिसाबले आकर्षक मानिएको दक्षिण कोरियामा विदेशीको संख्या दिन–प्रतिदिन बढ्दो छ । गएको एक दशकमा विदेशीको संख्या पहिले भएको संख्याको दोब्बर पुगेको यहाँको न्याय मन्त्रालयले प्रकाशित गरेको एक तथ्यांकले देखाएको छ । प्रकाशित तथ्यांक अनुसार सन् २०१६ सम्मको तथ्यांकमा पनि कोरियामा रहेका विदेशी मध्ये सबै भन्दा बढि चीनिया छन्फुर्सदमा

‘कोरिया’ नेपाली युवाका लागि सदावहार रोजगार गन्तव्य

काठमाडौँ-स्टुडेन्ट होस् वा वर्किङ भिसा, कोरिया प्रवेश गर्न चाहने नेपाली युवाको कमी छैन । ईपीएसमार्फत् कोरिया जान चाहनेको संख्या पनि बर्सेनि बढ्दो छ । अघिल्लो वर्षको तुलनामा रोजगारीको लागि कोरिया जान इच्छुक नेपालीको संख्या यो वर्ष करिब १५ हजारले बढेको छ । अघिल्लो वर्ष कोरियन भाषा परीक्षाका लागि ६० हजारलेफुर्सदमा

मलेसियाका अवैधानिक आप्रवासीलाई अस्थायी ‘वर्क परमिट’

काठमाडौं – मलेसिया मलेसिया सरकारले अवैधानिक आप्रवासी श्रमिकलाई अस्थायी ‘वर्क परमिट’ दिने घोषणा गरेको छ । विभिन्न क्षेत्रमा कामदार अभाव भएको र कामदार अभावकै कारण उद्योग सञ्चालनमा समस्या भएको गुनासो बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो ।   गैरकानुनी हैसियतमा रहेका आप्रवासी श्रमिकलाई कानुनी दायरामा ल्याउन पटकपटक प्रयास गरेकोफुर्सदमा

कोरियामा रोजगारी गर्न आएका १ सय १३ नेपालीले ज्यान गुमाए

सोल- नेपालीहरू रोजगारीका लागि दक्षिण कोरिया आउन थालेदेखि हालसम्म ११३ जनाले ज्यान गुमाएका छन् । सन् २०१५ मा सबैभन्दा धेरै २२ जनाको विभिन्न कारण मृत्यु भएको थियो भने २०१६ मा २० जनाको मृत्यु भएको छ । सन् २०१६ मा ७ जना नेपालीले कोरियामा आत्महत्या गरे । त्यस्तै, कम्पनीमा भएको दुर्घटनामाफुर्सदमा

अब मलेसियामा नेपाली कामदारले लेबी तिनु नपर्ने

काठमाडौं – मलेसियामा कार्यरत नेपाली कामदारहरुले अब लेबी तिर्नु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नु पर्ने निर्णय गरेको हो, जसको प्रत्यक्ष लाभ नेपालीसहित त्यहाँ कार्यरत विदेशी कामदारलाई हुनेछ ।   गृहमन्त्री अहमद जाहिद हमिदीले विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिएका छन् । योफुर्सदमा

नेपाली कामदारका लागि लिथुएनियामा स्वीकृति दिन सिफारिस

काठमाडौं – युरोपेली मुलुक लिथुएनियामा नेपाली कामदारका लागि खुला गर्न भन्दै सिफारिस प्रतिवेदन पेश भएको छ । सरकारले गठन गरेको अध्ययन समितिले लिथोएनियामा नेपाली कामदारलाई संस्थागत श्रम स्वीकृति दिन सकिने भन्दै सिफारिस गरेको हो । समितिका सदस्य तथा वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले कामदारका लागि आवश्यक वातावरण लिथोएनियामा राम्रोफुर्सदमा


विचित्र संसार
© 2019: Hotpati All Rights Reserved.
Designed by: GOJI Solution
माथी