सोल – परदेश आफैंमा पिडाको पोखरी हो । जतिनै सुख खोज्नभनेपनि परदेशमा सुख भन्दा दुखनै धेरै हुन्छ । दिनरात कामले थिचिरहने परदेशमा खुसी र आराम खोज्न महिनौं कुर्नुपर्छ । कतिपल त यस्तापनी हुन्छन् एकै कोठाको साथी भेटेर संगै खानपिन गर्नपनि चाडबाडनै आउनुपर्छ ।
यसै बर्षको सेक्टेम्बर १४ देखी १६ तारिकसम्म कोरियाको महान चाड चुसक परेको थियो ।चुसकको अवसरमा ५ दिनसम्म कम्पनि बिदा हुने भएकाले छुट्टीको मौका छोपेर दक्षिण कोरियामा मजदुरीको सिलसिलमा आईपुगेका अर्थात कर्मथलोमा भेटिएका गोरेटोका सहयात्रीहरू मिलेर दुखसुख साट्न हामी दक्षिण कोरियाकै सामुन्द्रिक टापु जेजुदो पुग्यौं ।
जेजुको ईतिहाँस पल्टाएर हेर्दा परापुर्वक कालमा ज्वालामुखी बिस्फोटन भई जेजु टापु बनेको रहेछ । सानो छेत्रफलमा फैलीएको सामुन्द्रिक टापु जेजुमा घुम्दा भरपुर मनोरंजन त हुन्छनै त्यहि मनोरंजनसंग संगै मैले केहि नेपालीपन पनि भेटें र तिनै नेपालीपनलाई खोतल्ने कोसिस गर्दै छु ।
वरिपरि समुन्द्रले घेरेको जेजु घुमफिरको लागी निकै आकर्षक लाग्छ । सित्तल हावापानी, पातलो बस्ती, प्यागोडा सैलीका घरहरू, ससाना पहाडहरू र लटरम्म फलेका कृषी बालीले नेपालको झझल्को दिन्छ ।
ट्राभल एन्ड टुर्सको गाडिमा बसेर हामी छेजुका बिभिन्न भुभागहरू घुम्दैगर्दा सबैभन्दा पहिले जेजुको खेतबारिले मलाई नेपाल सम्झायो । ससाना बारिका गराहरू र गराहरू बार्न नेपालका हिमालीभेगमा ढुङ्गाहरूले पर्खाल लगाएजस्तै जेजुमापनि ढुङ्गाले ससाना आली बाँधेर गराहरू छुट्याईएका रहेछन् र तिनै गराहरूमा कोदो, फापर, साग सब्जीहरू लगाँईदो रहेछ ।
मुख्य सहरलाई छाडेर गाउँ बस्तिहरू नियाल्दा जेजुका घरहरूले नेपालीपनको झल्को दिन्छ । सुन्तोला खेतीको मुख्य केन्द्र जेजुको कृषीमा भने आधुनिक प्रबिधी अपनाईए पनि हरिया लटरम्म फलेका सुन्तलाका दाना देख्दा उढेर जो कोहिको मन नेपाल पुगिहाल्छ।
करिव आधा जनसंख्याले बुद्ध धर्म मान्ने जेजुमा अर्को नेपालीपन देखाउने ठाँउठाउका बौद्ध स्तुपाहरूपनि हुन । नेपालमा ढुङ्गालाई भगवानको प्रतिकको रूपमा पुजीन्छभने जेजुमा ढुङ्गालाई सुरक्षाको प्रतिक मानिदो रहेछ । बिकास र आधुनिकताले बलेको जेजु नेपालभन्दा धेरै बिकसित भएपनि जेजुको पुरानो मानव सभ्यताको बिकासक्रम हेर्दा ठ्याक्कै नेपालीपन झल्किन्छ ।
काठको हलो बनाएर घोडाले जोत्नु । कुस खर पराल सुकाएर घर छाउनु । लसुन गहूँ कोदो रोपेर जीबिकोपार्जन गर्नु, ढुङ्गालाई फलफूल चढाएर पुज्दै सह बोलाउनु, घोडालाई यातायतको सधानको रूपमा प्रयोग गर्नु । हंसिया, नाम्लो, दाम्लो, कुटे, कोदालोहरू सहयोगी हातहतियारको रूपमा प्रयोग गर्नु । कुमालेले जसरिनै माटोलाई सिप भरेर भाँडा बनाएर प्रयोग गर्नु जेजुको पुरानो ईतिहाँस हो । हेर्दा ठ्याक्कै हाम्रो घर आगनमा आफैंले भोग्दै आएजस्तो लाग्ने यावत कुराहरू अहिले छेजुमको संग्राहलयमा कैद छन् ।
हाल्लासान दक्षिण कोरियाकै ठूलो पहाड हो । यसको चुचुरोमा पुग्न करिव ४ घन्टा पैदल हिंड्नुपर्छ । उकालोमा खुई खुई गर्दै हिंडेका फिरन्तेहरू देख्दा कताकता अन्नपूर्ण पदयात्रामा आफ्नै खुट्टा थर्थराएजस्तो लाग्छ ।
सानो तर चिटिक्कको चिया बगानले नेपालको पूर्बी भेग झापामा रहेको चिया बगानको तिर्खा मेटाँउछ ।
कालो बंगुर जेजुको अर्को बिषेसता हो काठमाडौंका चोकहरूमा धराने कालो बंगुरको सेकुवा बेच्न भनेर खुलेका होटलहरूझैं जेजुका मुख्य सहरहरूमा कालो बंगुरका तस्बिर टाँसिएका रेस्टुरेन्टहरू प्रसस्तै देख्न पाईन्छ ।
ज्वालामुखी बिस्फोटन हुँदा लाभा कुदेको “मान्जाङगुल लाभा ट्युब”ले पनि थोरबहुत नेपालका गुफाहरूको प्रतिनिधित्व गर्छ । त्यतिमात्र नभएर यौन चेतनाको जानकारी दिन बाईएको लवलेन्ड परापुर्वक कालमा नेपालमा मन्दिरहरूमा कुदिएका टुंडालहरूको नक्कलझै लाग्छ । जेजुकै एकभागमा रहेको छन्जियन झरना र झरनासंगै रहेको बिधुतिय पावरहाउसले पनि मन लोभ्याउदै हाम्रै घर छेउछाउमा खोला पहराको झल्को गराँउछ ।
माथिका यावत कुराहरूलाई छाडेर जेजुका आफ्नै बिषेसताहरू पनि छन् । जस्तै समुन्द्रिक छालहरूको मनोरम दृष्यहरू, ज्वालामुखी बिस्फोटन हुदा निस्किएको लाभा जमेर बनेका चट्टानहरूला कलात्मक तरिकाले कुदेर बनाईएका सजावटका सामानहरू र मुख्य सडकपेटिहरूमा तिनै लाभाका चट्टानहरूलाई टायल र मार्वलको रूपमा प्रयोग गरिनुले अझै सुनमाथी सुगन्ध थपेझैं लाग्छ । त्यतिमात्र नभएर काल्पनिक दुनियामा रमेर बनाईएका पार्कहरू, सर्कस घर, बिधुतिय ईलुजनहरू जेजुको फरक परिचय हुन् । मजदुरिकै सिलसिलामा कोरिया आएपनि जेजु एकपटक पुग्नैपर्ने ठाँउ रहेछ ।
एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस