hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Mon, 25, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अर्थ

कोरियाको कमाइ अझै हुन्डीकै भर

१२ पुष २०७३, मंगलवार ०३:१९ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौं – रोजगारीका लागि कोरिया गएकाहरूको औसत कमाइ मासिक डेढ लाख रहे पनि करिब साढे ७ हजार रुपैयाँ मात्रै वैधानिक माध्यमबाट नेपाल भित्रिने गरेको भटिएको छ । गत आर्थिक वर्ष २०७२/७३ मा २ अर्ब ७५ करोड रुपैयाँ बराबरको रकम बैंक वित्तीय संस्था र अनुमति प्राप्त रेमिट्यान्स कम्पनीमार्फत भित्रिएको देखिन्छ ।

हालसम्म रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत करिब ४२ हजार नेपाली कोरिया गएका छन् । गत असारसम्म करिब ४० हजार कामदारले उक्त अनुमति पाएका थिए । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाका अनुसार तीमध्ये ११ हजारको काम गर्ने अवधि (म्याद) पूरा भएको छ भने एक हजार अनधिकृत रूपमा कार्यरत छन् ।

यसका आधारमा हाल करिब ३० हजार कामदार कार्यरत रहेको देखिन्छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाका अनुसार त्यहाँ कार्यरत नेपालीको न्यूनतम कमाइ नै १ लाख ३० हजार रुपैयाँँ छ । रेमिट्यान्स आप्रवाह र कामदार संख्यासँग तुलना गर्दा उनीहरूबाट मासिक करिब ७ हजार ६ सय औपचारिक माध्यमबाट आएको देखिन्छ । कामदारको न्यूनतम कमाइलाई आधार मान्ने हो भने पनि मासिक कमाइ ३ अर्ब ९० करोड रुपैयाँ र वार्षिक ४६ अर्ब ८० करोड रुपैयाँँ हुन्छ । त्यसको करिब ६ प्रतिशत मात्र बैंकिङ प्रणालीमार्फत आउने गरेको छ । बाँकी ९४ प्रतिशत रकम अनौपचारिक माध्यम (हुन्डी) मार्फत नेपाल भित्रिने गरेको देखिन्छ ।

नेपालीहरू कोरियामै बसोबास नगर्ने र धेरै रकम रेमिट्यान्सकै रूपमा पठाउने हुँदा बाँकी रकम अनौपचारिक (हुन्डी) मार्फत आउने गरेको तथ्यलाई थप पुष्टि गर्छ । ‘नेपालीले कमाउने कुल रकमको करिब ८ देखि ११ प्रतिशत मात्र औपचारिक प्रणालीमार्फत नेपाल आउने गरेको छ,’ ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले भने । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले पनि कोरियाबाट नेपाल भित्रिने रेमिट्यान्सको ठूलो रकम औपचारिक प्रणालीमा समेट्न नसकिएको स्वीकारे । उनले भने, ‘त्यहाँ जाने कामदारलाई अनिवार्य रूपमा बैंकमार्फत पैसा पठाउनुपर्ने व्यवस्था नभएकैले ठूलो रकम बैंकिङ प्रणालीमा आउन सकेको छैन ।’ नेपाल र कोरियाली सरकारबीच सम्झौतामार्फत ती कामदार त्यहाँ पुगेकाले रोजगारीमा जाँदाकै अवस्थामा बैंकमार्फत रकम पठाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो । ‘अनौपचारिक प्रणालीमार्फत रकम भित्रिँदा सरकारलाई प्राप्त हुने राजस्व पनि गुमेको छ,’ उनले भने ।

आर्थिक वर्ष २०७१/७२ मा १ अर्ब ८७ करोड र आर्थिक वर्ष ०७०/७१ मा १ अर्ब ४६ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल भित्रिएको छ । पछिल्ला वर्षहरूमा नेपाल भित्रिने रेमिट्यान्सको आप्रवाह वृद्धिदर घटदो छ । उक्त अवधिमा बिदेसिने कामदारको संख्यामा पनि कमी आएको छ । तर, रेमिट्यान्स वृद्धिदरमा आएको कमी रोजगारीमा जाने कामदारको कमीभन्दा धेरै बढी छ । यसबाट हुन्डीलगायत अन्य अनौपचारिक माध्यमहरू सक्रिय भएको पुष्टि हुन्छ ।

एक/डेढ वर्षयता नेपालमा हुन्डी कारोबार तीव्र गतिले विस्तार भएको छ । हाल हुन्डी कारोबार सञ्चालकहरूले सुरक्षित र विश्वसनीय तरिकाले कामदारको घरघरमा पुगेर रेमिट्यान्स सेवा दिइरहेको स्रोतले बताएको छ । ‘हुन्डी कारोबारलाई विश्वसनीय बनाउन उनीहरूले सुरुमै तपाईंको घरमा पैसा पुर्‍याइदिन्छन् र त्यसपछिमार्फत विदेशमा रहेका कामदारले हुन्डीवालालाई रकम भुक्तानी गरे पुग्छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । हुन्डी कारोबारलाई निस्तेज नपारेसम्म वैधानिक प्रणालीमार्फत भित्रिने रेमिट्यान्स आप्रवाह बढाउन मुस्किल हुने उनले जनाए ।

कोरियामा रहेका कामदारको आम्दानी वैधानिक प्रणालीमार्फत नेपाल भित्र्याउने व्यवस्थाका लागि अध्ययन गर्न वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी प्रमुखको संयोजकत्वमा समिति गठन भएको थियो । समितिले प्रतिवेदन बुझाए पनि कुनै ठोस काम हुन सकेको छैन । परिणाम दिनहुँ ठूलो रकम हुन्डीमार्फत नेपाल भित्रिँदै आएको छ । चालु आर्थिक वर्षको असोजसम्म १ खर्ब ७१ अर्ब ८० करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ३ दशलमव २ प्रतिशतले बढेको हो । ०७२ असोजमा रेमिट्यान्स आप्रवाह वृद्धिदर २४ प्रतिशत थियो ।- कान्तिपुर दैनिक

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अर्थ सम्बन्धि थप

  • अठार अर्ब राजस्व सङ्कलनअठार अर्ब राजस्व सङ्कलन
  • रु ६०० ले उकालो लाग्यो पहेंलो धातुरु ६०० ले उकालो लाग्यो पहेंलो धातु
  • नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुलीनेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली
  • रु ५०० ले उकालो लाग्यो सुनको मूल्यरु ५०० ले उकालो लाग्यो सुनको मूल्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    सिड्नी – अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट...  विस्तृतमा

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    कोरोना खोपको अभावपछि यूरोपका कतिपय स्थानमा खोप अभियान नै स्थगित

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    श्रीलङ्काले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑