hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Wed, 27, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / स्वास्थ्य

हस्तमैथुन गर्ने की नगर्ने ?

१२ पुष २०७३, मंगलवार ०३:२३ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौं -भनिन्छ, किशोरकिशोरी तथा युवा मनोविज्ञानको सबैभन्दा अहं हिस्सा यौन वरिपरि रुमल्लिएको छ । कौतुहलता, रहस्य र जिज्ञासाले घेरिएको यस्तो मनोदशाभित्र हस्तमैथुनबारे अनेकन भ्रम र अनुभव–अनुभूति पनि पर्छन् ।

स्वप्नदोष, शीघ्र पतन, लिङ्गको आकार तथा लम्बाइ, वीर्य स्खलन नहुने समस्या, लिङ्ग उत्तेजित नहुने समस्या आदि युवाका यौन जिज्ञासाभित्र पर्दछन् । यस्तै, युवतीहरूमा चाहिँ कौमार्य, योनी सुख्खा हुने समस्या, यौनेच्छामा कमी, योनी सङ्कुचन हुने समस्या, स्तनको आकार, असुरक्षित यौन सम्पर्क, आकस्मिक गर्भ निरोध आदि जिज्ञासा पलाउँछन् ।

कुनै पनि व्यक्तिले आफ्नो जनेन्द्रीय चलाई यौन आनन्द लिने क्रियालाई हस्तमैथुन भनिन्छ । त्यसो त संस्कृत भाषामा हस्तको अर्थ हात र मैथुनको अर्थ यौनकार्य भन्ने बुझिन्छ । केटाहरूले चाँडै र सजिलै सिक्ने भएकाले नेपालमा पनि किशोरले बढी हस्तमैथुन गर्ने गरेका छन् ।

विश्वका करिब ९० प्रतिशत युवा र ६० प्रतिशत युवतीले हस्त मैथुन गर्ने गरेको तथ्याङ्क छ । हस्त मैथुन सम्बन्धी नेपाली युवा–युवतीको प्रस्ट तथ्यांक नभए पनि अनौपचारिक स्रोतका अनुसार नेपालको वस्तुस्थिति पनि खासै फरक चाहिँ छैन । युवतीले खुलेर भन्न नचाहने अर्थात् लजाउने कारण हस्त मैथुन गर्नेको संख्या वास्तविकताभन्दा कम देखिन सक्छ ।

युवतीको दाँजोमा युवाले बढी हस्त मैथुन गर्ने भएर होला, नेपाली समाजमा हस्तमैथुनलाई लिएर विशेषगरी युवामाझ अनेक थरीका शंका–उपशंका तथा अन्धविश्वास व्याप्त छ । हस्तमैथुन गर्नाले मुखमा डन्डिफोर आउने, आँखा कमजोर हुने, उचाइ नबढ्ने, दुब्लाउने, लिङ्ग बाङ्गो हुने, शीघ्र पतन हुने, वीर्य निख्रिने, भविष्यमा नपुङ्सक हुने, विवाहपछि यौन सन्तुष्टि नमिल्नेजस्ता भ्रम धेरैले पालेर बसेका छन् ।

युवावस्थामै शरीरमा अन्य परिवर्तनसँगै स्वभाविक रूपमा डन्डिफोर आउने तथा शरीरका अन्य अङ्गमा परिवर्तन आउने सामान्य कुरा हो । व्यक्तिपिच्छे लिङ्गको आकार तथा लम्बाइमा पनि फरकपना आउन सक्छ । पुरुषमा वीर्य उत्पादन निरन्तर रूपमा भइरहन्छ ।

प्राकृतिक तवरले यौनसम्पर्क राख्ने बेलामा जस्तै हातको सहायताले स्खलित गर्ने कार्यले वीर्य निख्रिने, शीघ्र स्खलन हुने भन्ने हुँदैन । त्यसो हुँदो हो त, विवाहित व्यक्तिहरूमा यी समस्या देखिनुपर्ने हो । फेरि नपुसङ्सकताका पुरुषजन्य तथा महिलाजन्य आ–आफ्नै कारणहरू छन् । राम्रोसँग चेकजाँच गराएको खण्डमा विगतमा असाध्य तवरले हस्त मैथुन गरिसकेको भए पनि खासै फरक पर्दैन । नपुसङ्कताका आफ्नै उपचार विधि छन् । अर्थात् हस्त मैथुन गर्ने बानीसँग यसको खासै सम्बन्ध हुँदैन ।

हस्तमैथुनबारे पूर्ण जानकारी नै नराखी भ्रम पालेर बस्नुभन्दा यसका फाइदाहरू बारे जानकारी राखेर ढुक्क हुनु राम्रो हो । पटक–पटकको हस्त मैथुनपछि हीनताबोध नगर्ने वा यससम्बन्धी अन्धविश्वास नपाल्ने हो भने यसले यौन अपराध लगायत अनावश्यक गर्भधारण, यौनरोग र एड्स संक्रमण घटाउँछ । यौन हिंसा कम गर्न र यौनजन्य संक्रमणबाट बच्न आफ्नो यौनेच्छा शान्त पार्ने अर्थात् यौन आनन्द लिने अत्यन्त राम्रो विकल्प हस्तमैथुन नै हो ।

त्यसो त युवायुवतीले हातको अलावा अन्य तरिकाले पनि आफ्नो यौनाङ्गलाई घर्षण गराई यौन आनन्द लिन्छन् । यसका लागि तकिया, बेलुन, नरम खालका वस्तु वा ‘सेक्सटोय’ पनि प्रयोग गर्ने गरिएको छ । युवायुवतीले आफ्नो जीवनमा पहिलो पटक चरम यौन आनन्द लिने माध्यम नै हस्त मैथुन हो । हस्त मैथुन यति नै पटक गर्न मिल्छ वा गर्नुपर्दछ भन्ने निश्चित मापन छैन । यो व्यक्ति विशेषको यौनेच्छामा भर पर्दछ ।

दिनमै दुई–तीन पटकदेखि हप्ता–पन्ध्र दिनमा एक पटक हस्त मैथुन गर्ने व्यक्ति पनि छन् । त्यसैले यो त व्यक्ति विशेषले आफ्नो यौनेच्छामाथि नियन्त्रण गर्न सक्ने क्षमतामा भर पर्छ । विवाहपछि यो बानीमा कमी आए पनि धेरै दिनसम्म यौनसम्बन्ध राख्न नपाएको वा नमिल्ने अवस्थामा विवाहितहरूले पनि हस्त मैथुन गर्ने गर्छन् ।

हस्तमैथुन गरेर पछुताउनुभन्दा हस्त मैथुन गर्ने बानीलाई नियन्त्रणमा राख्नु चाहिँ राम्रो हो । हस्तमैथुन गर्ने युवायुवती अन्ततः मानसिक रूपमा आफूलाई कमजोर महसुस गर्ने हुन सक्छन् । चिन्ता लिने हुनसक्छन् । बरू, हस्त मैथुनको क्रियालाई नै नियन्त्रणमा लिएर यो समस्याबाट मुक्ति पाउन सकिन्छ । प्रायःजसो एक्लै बसेको अवस्थामा, यौनजन्य पत्रपत्रिका पढेको तथा चलचित्र हेरेको अवस्थामा, यौनबारे सोच्ने गरेको अवस्थामा हस्त मैथुन गर्न बल पुग्छ । त्यसैले सकेसम्म एकान्त ठाउँमा बस्ने गर्नु हुँदैन भने यौन उत्तेजना बढाउने पत्रपत्रिका पढ्न तथा चलचित्र हेर्न कम गर्नु पर्दछ ।

हस्तमैथुन गर्न मन लाग्ने बित्तिकै हल्का घुमघाममा निस्कने तथा मानिसहरूको चहलपहलमा मिसिने हो भने त्यो रहर त्यसै सेलाउँछ । पढाइ वा आफ्नो व्यवसाय बेगरको फुर्सदिलो समयलाई रचनात्मक काम एवं खेलकुदमा लगाउनुपर्दछ । तर, यौन तनाव जबरजस्ती दबाउन खोज्यो वा यौन तनावबाट मुक्त हुने कुनै उपाय अपनाएन भने स्वप्न दोषका रूपमा पनि शरीरमा सञ्चित वीर्य बाहिरिन्छ । मुख्य कुरा, युवायुवतीले के बुझ्नु जरुरी छ भने, हस्त मैथुन आफैँमा त्यस्तो खराब होइन तर हस्त मैथुन गरेर मानसिक रूपमा विभिन्न भ्रम पाल्नु चाहिँ हानीकारक हुन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

स्वास्थ्य सम्बन्धि थप

  • नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणुनारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु
  • काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यककाभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक
  • एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमाएचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
  • कार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकीकार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

    विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

    निर्वाचन समाचारः पर्वतमा साढे सात हजार मतदाता थप

    निर्वाचन समाचारः पर्वतमा साढे सात हजार मतदाता थप

    प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ ः तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क

    प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ ः तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क

    चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

    चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

    अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा

    अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा

    जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

    जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

    खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

    प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ ः तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क

    प्रमबाट कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ ः तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क

    कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

    कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    निर्वाचन समाचारः पर्वतमा साढे सात हजार मतदाता थप

    निर्वाचन समाचारः पर्वतमा साढे सात हजार मतदाता थप

    जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

    जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

    बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

    बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु

    औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो

    औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

    विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

    वासिङ्टन - विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई...  विस्तृतमा

    चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

    चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑