३० असोज, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि अफगानिस्तान जान लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । यससँगै अफगानिस्तानमा जाने सेक्युरेटी गार्डसहित ग्रिन जोनका कामदारका लागि श्रम स्वीकृति दिन बाटो खुला भएको छ ।
दशैंअघि बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा नेपाली कामदार लैजान लगाएको प्रतिबन्ध खोल्ने निर्णय गरेको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले जानकारी दिए ।
गत असार ६ गते काबुलमा भएको आतंकवादी आक्रमणमा १३ नेपालीको मृत्यु भएपछि नेपाल सरकारले अफगानिस्तानमा नेपाली कामदार लैजान रोकेको थियो । मृतक नेपालीहरुको शव लिन गएको नेपाली विमानमा नै केही नेपाली घर पनि फर्किए ।
घटनाबारे छानविन गर्न बनेको सरकारी कार्यदलले सुरक्षाको प्रत्याभूति भए मात्र फेरि नेपाली पठाउन सकिने प्रतिवेदन दिएको थियो ।
तर, सरकार दशैंको विदाको पूर्व संध्यामा सुटुक्क अफगान जान लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको छ । यसमा अफगानिस्तानमा दूताबास रहेका अमेरिका र क्यानडा लगायतको दबाव र रोजगारदाता कम्पनीको दबावले भूमिका खेलेको स्रोतले बताएको छ ।श्रम मन्त्री सूर्यमान गुरुङले भने अफगानिस्तानमा नेपाली सेक्युरेटी गार्डलाई आँकलन गरिएजस्तो सुरक्षा चुनौति नभएको देखिएले प्रतिवन्ध हटाइएको बताए ।
उनका अनुसार रोजगारदाता कम्पनीसँग कामदारलाई कार्यस्थानमै आवासको व्यवस्था गर्नुपर्ने शर्त राखिनेछ । त्यसो हुन नसके कामदार कार्यालय जाँदा र कार्यस्थलबाट आवास फर्किँदा उच्च स्तरको सुरक्षा दिने ग्यारेन्टी माग गरिने गुरुङले बताए ।
सरकारी निर्णयबारे औपचारिक जानकारी नआएको वैदेशिक रोजगार विभागले जनाएको छ । निर्देशन पाउनासाथ अफगानिस्तानका लागि श्रम स्वीकृतिको प्रक्रिया सुरु गर्ने विभागको ताहाचलस्थित कार्यालयमा प्रमुख कृष्ण दुवाडीले बताएको अनलाईन खबरले उल्लेख छ ।
काठमाडौं - अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको छ ।... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस