टोकियो – जापान सरकारले उच्च दक्ष विदेशीहरुलाई दिइदै आएको स्थायी बसोबास अनुमति (पिआर) प्रक्रियालाई अझ सहज बनाउने भएको छ ।आर्थिक क्षेत्रमा दक्ष र विशेषज्ञता हाँसिल गरेका विदेशीहरुलाई आकर्षित गर्ने उद्देश्यका साथ जापान सरकारले पिआर प्रक्रियालाई अझ सहज र सरल बनाउन लागेको हो ।
जापान न्याय मन्त्रालयले मंगलवार विश्वका प्रतिभाशाली र क्षमतावान जनशक्तिहरुलाई जापान भित्र्याउने योजना अनुरुप पिआर लगायतका कानूनी जटिलतामा सहज बनाउने बताएको हो ।
सोही अनुरुप सरकारले उच्चस्तरका दक्ष जनशक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेको पनि बताएको छ । यस्ता जनशक्तिहरुलाई बढीमा तीन वर्ष वा एक वर्षमा नै पिआर दिने गरी कानूनी व्यवस्था गर्न लागेको छ ।
अहिलेको कानून अनुसार जापानमा पिआर पाउन विदेशी नागरिकले कम्तिमा पाँच वर्ष जापान बसेको हुनुपर्ने व्यवस्था छ । जापान न्याय मन्त्रालयले आगामी मार्चसम्ममा सो सम्बन्धी निर्देशिका तयार पर्ने बताएको छ ।
नयाँ व्यवस्थामा विदेहीरुरुले जापानमा गर्ने वार्षिक आम्दानी, शैक्षिक पृष्ठभूमि र भाषाको दक्षता लगायतका आधारमा मूल्यांकन गरिनेछ । साथै पिआर लिइसकेकाहरुले उनीहरुका अभिभावक र घरमा सघाउने कामदारलाई वर्किङ भिसामा ल्याउन पाइने प्रावधान समेत बनाइने छ ।
यसैबीच जापानको तल्लो सदनले केयरगिभर क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई वर्किङ भिसा दिने गरी तयार भएको अध्यगमन संशोधन नीति पारित गरेको छ ।यो नीति पारित भएसँगै न्यून वेतन पाउने क्षेत्र जस्तै केयर गिभर, घरेलु कामदार र कृषि क्षेत्रमा कानूनी रुपमै वर्किङ भिसा लिएर जापान आउन पाउने बाटो खुलेको छ ।
वासिङ्टन- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस