टोकियो – जापानमा शरणार्थीका लागि आवेदन दिने विदेशीहरुको संख्यामा अत्याधिक वृद्धि भएको छ । यो वृद्धिसंगै जापान सरकारले यसमा कडाई गरी गम्भीर अनुसन्धानपश्चात मात्र शरणार्थीको मान्यता दिने बताएको छ ।
यही जनवरीदेखि सेप्टेम्बरसम्म मात्र सात हजार नौँ सय २६ जनाले शरणार्थीको आवेदन दिएका छन् । यो संख्या नौं महिनाको प्रारम्भिक आँकडा मात्र हो । र यो आँकडा विगत बर्षको तुलनामा धेरै रहेको जापान न्याय मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रालयले आफ्नो देश छोडि जापानमा आइ काम गर्न चाहानेहरुको संख्या धेरै भएकाले यो संख्यमा वृद्धि आएको हुनसक्ने अनुमान लगाएको छ । यति धेरै संख्यामा आवेदन आएपछि मन्त्रालयले यस विषयमा कडा अनुसन्धान गर्ने बताएको छ ।यो कदमपछि जापानमा काम गर्ने उद्देश्यले शरणार्थी बन्न चाहने अवैध आप्रवासीविरुद्धको अभियान अझ दरिलो हुनेछ ।
जापानमा आवेदन दिनेहरुको संख्या सन् २०१० देखि बढ्न थालेको हो । जापान सरकारले अवेदन दिएको छ महिनामा काम गर्न मिल्ने व्यवस्थामा खुकुलो गरेसँगै आवेदन दिने संख्यामा वृद्धि भएको हो ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस