काठमाडौं – दशैं पछि कारोबार खुले पछि ओरालो लाग्न थालेको शेयर बजार परिसुचक सोमबार पनि ओरालो लागेको छ । सबै कम्पनीहरुको बोनसको आँकलन भैसकेको अवस्थामा नाफा सुरक्षित गर्ने क्रममा बेच्नेको संख्या धेरै भएका कारण बजार ओरालो लागेको हो । यस क्रममा सोमबार बजार परिसुचक नेप्से १० दशलव ३८ अंकले झरेर १७९३ दशमलव ३६ अंकमा आईपुगेको छ ।
अधिकांस कम्पनीहरुले दिने प्रतिफल प्रस्ताव गरिसकेको र अधिकांस लगानीकर्ता नाफामा रहँदा शेयर किन्नेको तुलनामा शेयर बेच्नेको संख्या धेरै भएको देखिन्छ । यस क्रममा सोमबार १ सय १६ कम्पनीका ७ लाख ८३ हजार ९ सय ९८ कित्ता शेयरहरु ३ हजार ६ सय ५३ कारोबारबाट ६३ करोड ६७ लाख ८६ हजार रुपैंयामा किनबेच भएका छन् ।
आइतबारको तुलनामा बजार घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको हो । आइतबार ६० करोडको मात्र शेयर किनबेच भएको थियो । जलविद्युत समुह १७ दशमलव ७६ र अन्य समुह शुन्य दशमलव ८७ अंकले बढेको बजारमा वाणिज्य बैंकमा १४ दशमलव ३९, होटलमा २२ दशमलव ७५, विकास बैंकमा ३ दशमलव ७४, वित्तमा २ दशमलव ६९ र बीमा समुहमा ६२ दशमलव ०१ अंकको गिरावट आएको छ ।
कुमारी बैंक, मंगलबारदेखि शेयरधनी पुस्तिका बन्द हुन लागेको प्रभु इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी लगायत कम्पनीहरुको अधिक मात्रामा शेयर कारोबार हुँदा विकास बैंक र जलविद्युत समुहका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
धेरै गुमाउनेको सूचीमा पनि विकास बैंकका लगानीकर्ता नै रहेका छन् । बीमा तथा फाइनान्स र लघुवित्त समुहका लगानीकर्ताले पनि सोमबार बजारमा गुमाएका छन् ।
दशैं लगत्तै तिहार आउनै लाग्दा नाफा सुरक्षित गरी तत्काल शेयरमा लगानी नगरी केही समय हेरेर फेरी शेयर किन्ने सोचमा लगानीकर्ता पुग्दा पनि बजारमा सकरात्मक असर नदेखिएको हो । यद्यपी केही कम्पनीहरुमा परेको खरिद चाप, अनि शेयर मूल्यमा आएको वृद्धि लगायतका आधारलाई हेर्दा बजार सामान्य करेक्सनको अवस्थामा मात्र रहेको देखिन्छ ।
सिड्नी – अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस