काठमाडौं – ज्योति विकास बैंक लिमिटेड (Jyoti Bikas Bank Limited) ले लगानीकर्तालाई ११ दशमलव ७० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंक (JBBL) को विहिबार बसेको सञ्चालक समितिको २५४ औं बैठकले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिने बैंकले जानकारी दिएको छ ।त्यस्तै सञ्चालक समितिको उक्त बैठकले बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने निर्णय गरेको छ ।
९२ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी भएको ज्योति विकास बैंकले गतआर्थिक वर्षमा १५ करोड २१ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । बोनस वितरण पश्चात बैंकको चुक्तापुँजी १ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ भने त्यसपछि कायम पूँजीको १०० प्रतिशत हकप्रद जारीपछि बैंकको चुक्ता पुँजी २ अर्ब नाघ्नेछ ।
बैंकले जगेडाकोषमा २३ करोड ४० लाख रुपैयाँ राखिएको छ । निक्षेपमा २१ दशलमव २४ प्रतिशत वृद्धि गरी ७ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ संकलन गरेर कर्जामा ६ अर्ब ९५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा १७ दशमलव ३७ प्रतिशतले वृद्धि गरी ३३ करोड १० लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफामा १० दशमलव ८८ प्रतिशत वृद्धि गरी १६ करोड ३८ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ५ करोड ४४ लाख रुपैयाँ राखिएको छ भने ४ करोड ७० लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक १६ दशमलव ४८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात १० दशमलव २६ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय २५ दशमलव ३५ रुपैयाँ र तरलता अनुपात ३५ दशमलव ९४ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा १ दशमलव ३९ प्रतिशत र जोखिम युत्त सम्पत्ति १६ दशमलव ७० प्रतिशत रहेको छ ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस