काठमाडौं -यो दुनियाका धनाढ्यहरुले कहिलेकाहीँ गरीबहरुको खिल्ली उडाउँछन् । गरीबलाई सहयोग गर्न उनीहरुको हात अघि बढ्दैन तर फजूलमा अनावश्यक खर्च गरी चर्चा बटुल्ने धृष्टता गर्दछन् । एकजना चिनिया धनाढ्यले यस्तै गरेका छन् ।
आइफोन सेभेन किन्नु भनेको धेरैका लागि केवल सपना मात्र हुनसक्छ । उच्च मूल्यका कारण धेरैले चाहेर पनि आइफोन सेभेन किन्न सक्दैनन् । तर चीनमा भने एउटा कुकुरसँग ८ वटा आइफोन सेभेन छन् ।
सेप्टेम्बर ७ मा लन्च भएको आइफोन सेभेन गएको शुक्रबारबाट विश्वका २५ देशमा बिक्रि सुरु भएको छ । यसको मूल्य झण्डै एकलाख रुपैयाँबाट सुरु हुन्छ । त्यसैले पनि धेरै नेपालीहरुका लागि यो फोन आकाशको फल हुने पक्का छ । तर चीनमा एक कुकुरका लागि उसका मालिकले एउटा होइन ८ वटा आइफोन सेभेन खरीद गरिदिएका छन् ।
चिनिया संचारमाध्यमहरुका अनुसार चीनका सबैभन्दा धनी व्यक्ति वांग जियानलिनका छोराले आफ्नो कुकुर कोकोका लागि ८ वटा आइफोन सेभेन किनिदिएका हुन् । २३ अर्ब डलर सम्पत्तिका मालिक वांगका छोराले आफ्नो पाल्तू कुकुरका लागि आइफोन सेभेनका अलावा एप्पलको स्मार्ट घडी लगायतका ग्याजेट पनि किनिदिएका छन् ।
सोसल मिडियामा अर्बपतिको उक्त भाग्यमानी कुकुरको फोटो भाइरल बनेको छ । फोटोमा कुकुरको सामुन्ने आइफोन सेभेनको थुप्रो छ । अझ रोचक कुरा त के भने चीनमा यो कुकुर साँच्चीकै सेलिब्रेटीको रुपमा रहेको छ । सोसल मिडियामा यसका १९ लाख फलोअर्स छन् ।
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस