hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Thu, 25, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / शिक्षा

फुटबलमा नवयुग

१२ पुष २०७३, मंगलवार ०४:२५ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौं – हेर्दा दुब्लो–पातलो, तर शरीर र मन दुवै दह्रो । सामान्य अनुहार । खेलाडी असामान्य । जे हासिल गरेका छन् त्योभन्दा ठूलो हैसियतमा पुग्न लालायित । यी हुन्— इलाम, मंगलबारेका नवयुग श्रेष्ठ, जो अहिले पूरै नेपालका फुटबलप्रेमीहरू बीच चर्चित छन् । प्रशंसाको ओइरो लागेको छ । प्रशंशकहरू ह्वात्तै बढेका छन् । गोल नवयुग गोल ।

युद्ध र खेलमा विजयको ठूलो महत्व हुन्छ । कमान्डरहरू जतिसुकै दक्ष भए पनि जुन युद्ध जितिँदैन, त्यसको कुनै अर्थ हुँदैन । खेलाडीहरू जतिसुकै कुशल हुन्, जुन खेल जितिँदैन त्यसको चर्चा कसैले गर्दैन । नेतृत्वतहमा राजनीति र म्याच फिक्सिङ, खेलको तहमा गुटबन्दी र खेलाडीहरूबीच आपसी ईष्र्याको भुमरीमा परेर ओरालो लागेको नेपाली फुटबल संसार लामो समयदेखि भोको थियो जितको । स्वार्थको राजनीति र भ्रष्टाचारले तहस–नहस भएको फुटबल संस्था अस्तव्यस्त थियो । आशाको सानो त्यान्द्रो पनि कतै देखिँदैनथ्यो ।

सन् १९९३ को फिफा र्‍यांकिङअनुसार १ सय २४ औं स्थानमा रहेको नेपालको फुटबल अहिले १ सय ८२ औं स्थानमा झर्नु भनेको खेलको इतिहास नै खस्कनु हो । अझ २००३ मा दक्षिण कोरियासँगको खेलमा १६ गोलले पराजित भएपछि त खेलका पारखीहरू ‘सकियो नेपालको फुटबल’ भन्दै पुराना दिन सम्झेर चुकचुकाउँदै थिए ।

के नेपाली खेलाडीहरूले आफ्नो पौरख देखाउलान् त ? हरेकको मनमा संशय थियो । प्रत्येक फुटबलप्रेमी ‘गोल’ र ‘उपाधि’ को खोजीमा थिए ।
फुटबल खेलाडी नवयुग श्रेष्ठले नेपालका फुटबलप्रेमीहरूले खोजेको गोल र उपाधि दुवै ल्याइदिए । यसपटक नेपाली जनताको त्यो खोजी पूरा भयो । तीनवटा खेलमा ह्याट्रिक लिएर नवयुगले गोल र बंगबन्धु कप दुवै देशमा भित्र्याए । बंगलादेशमा खेलिएको खेल अन्तर्राष्ट्रिय स्तरको भए पनि हाई प्रोफाइल होइन, तर त्यो हाम्रा लागि भने हाई प्रोफाइल नै भैदियो । प्रोफाइल भनेको आफैंले ‘हाई’ अथवा ‘लो’ बनाउने हो, अरूले बनाइदिने होइन । यो जितले नेपाली जनता खुबै गद्गद् भए । उनीहरूको निष्कर्ष थियो, ‘लामो समयपछि यस्तो लाग्दैछ, अब नेपाली फुटबलमा नवयुग सुरु भयो । केही होला भन्ने आशा जागेको छ ।’

यो निष्कर्ष यथार्थमा परिणत नहुने कुनै कारण छैन । गणेश थापासँग जोडिएको विवाद, म्याच फिक्सिङ अर्थात् घूस लिएर हार्ने चलन र राजनीतिक दलहरूको उठापटकमा प्रयोग हुने परम्पराबाट झन्डै शून्यमा आइपुगेको फुटबललाई राजनीतिबाट टाढा राखेर मैदानमा मात्र सक्रिय हुने वातावरण बनाइने हो भने नेपालको जित असम्भव छैन । बबरमहल रिभिजेटेडको एउटा रेस्टुराँमा नवयुग श्रेष्ठ ‘साप्ताहिक’लाई बताउँदै थिए, ‘खेलको भावनाले मानिसमा आत्म–विश्वास जगाउँछ । अहिले खेल जगत्मा आत्मविश्वास जगाउने वातावरणको खाँचो छ । यस पटकको हाम्रो विजयले त्यही गरेको छ । यो विजयले व्यक्तिगत हिसाबले मलाई त खुसी बनाएकै छ, सामूहिक रूपमा हामी सबै खेलाडी खुसी भएका छौं । यस्तो वातावरणमा आनन्द त हुने नै भयो ।’

खेल त अनेक छन्, तर फुटबल खेलसँग जुन रमाइलो उन्माद जोडिएको हुन्छ त्यसमा चुर्लुम्म डुब्छ मानिस । फुटबलका अनुभवी दर्शक बताउँछन्, खेल खेल्ने दुई पक्षको समर्थन र विरोध नहुने हो भने खेल रोमाञ्चक पनि हुँदैन र यसले दर्शकलाई उन्मत्त पनि बनाउन सक्दैन । नवयुग भन्छन्, ‘फुटबल खेलको मजा नै यही हो । म त जति खेले पनि अघाउँदिनँ ।’
नवयुुगका लागि फुटबल नयाँ खेल होइन । केटाकेटीदेखि नै उनी फुटबलप्रेमी थिए । उनका पिता चन्द्रकेशर श्रेष्ठ आफैं फुटबल खेलाडी थिए । जिल्लास्तरीय फुटबल खेलसम्म सहभागी भएका श्रेष्ठ बेला–बेलामा आफ्नो छोरालाई गिफ्ट ल्याइदिन्थे— फुटबल । नवयुगको खेलाडी आकांक्षाका दृष्टिले उनको घरको वातावरणसमेत रमाइलो र उत्साहवद्र्धक थियो ।

नवयुगले बताए, ‘खोइ, मैले पहिलो गोल कहिले हानेको थिएँ त्यसको सम्झना त छैन । इलामको मंगलबारेमै खेलेको हुनुपर्छ । त्यहींको स्कुलमा होला । घरमा शिल्ड र प्रमाणपत्रहरू सँगालेर राखेको छु । त्यो हेरेपछि भन्छु है, कहिले हानें पहिलो गोल भन्ने कुरा ।’
जिल्लाबाट उक्लिएर फुटबल खेलको राष्ट्रिय परिदृश्यमा आइसकेपछि राष्ट्रिय खेलाडीका रूपमा आफ्नो पहिचान बनाउन नवयुग श्रेष्ठले कडै संघर्ष गरे । आर्मीको त्रिभुवन क्लबका तर्फबाट नवयुगले २०६९ को नेसनल लिगमा निकै राम्रो प्रदर्शन गरेका थिए, तर पनि उनी राष्ट्रिय टिममा परेनन । अहिलेको विजयी टिममा पनि उनलाई ‘सब्स्टिच्युट’ का रूपमा समावेश गरिएको थियो । श्रेष्ठ भन्छन्, ‘हो, टिममा पर्न निकै गाह्रो भयो, तर अवसर पाएपछि मैले गोल गरेर आफूलाई सावित गरें ।’

नेपालको जर्सी लगाएर मैदानमा ओर्लने नवयुगको चाहना पूरा भएको छ, तर यतिले मात्र कहाँ पुग्छ र ? उनको दृष्टि आगामी साफ खेलमा नेपालका लागि साफ कप जितेर ल्याउने योजनामा केन्द्रित छ । श्रेष्ठ भन्छन्, ‘सार्क क्षेत्रका राष्ट्रका सबै खेलाडी एउटै स्तरका छन् । ती हामीभन्दा महान् छैनन् । उनीहरू र हामीमा धेरैको फरक छैन । भारत वा बंगलादेशले सधैं जितेका छैनन् । हामी नेपाली पनि च्याम्पियन हुने हैसियत राख्छौं । मेरो लक्ष्य भन्नु र टिमको लक्ष्य भन्नु एउटै कुरा हो ।’

‘नेपालमा खेलका अवसर कम छन् । सार्‍है कम प्रतियोगिता हुन्छन् यहाँँ । खेल्ने अवसर सीमित भएपछि जित्ने अवसर आफैं सीमित हुन्छ । त्यसबाहेक, अरू धेरै कुरा छन् । खेलाडीहरूका लागि सुविधा कम छ । तलब कम छ । खेल्ने उमेर सकिएपछि के गर्ने ? भविष्य अनिश्चित छ । हामीले गुनासो गरेर के गर्ने ?’ नवयुग भन्छन्, ‘यो त सरकारले, खेलकुद परिषद्ले, एन्फाले हेर्ने, बुझ्ने, योजना बनाउने र सुधार गर्ने कुरा हो । हामी उत्कृष्ट परिणाम ल्याउने हिसाबले मेहनतका साथ खेल्न तयार छौं ।’
नवयुगको विचारमा खेलाडीले व्यक्तिगत रूपमा तालिममा बढी ध्यान दिनुपर्छ ।

आफ्ना गल्तीहरू के–के छन् तिनलाई सुधार्नेतर्फ केन्द्रित हुनुपर्छ । व्यक्तिगत स्वास्थ्यको ख्याल गर्नुपर्छ । खानपानमा सतर्क हुनुपर्छ । खेल्ने भनेको शरीरको शक्ति हो । त्यसलाई चुक्न दिनु हुँदैन । राति ओछ्यानमा पल्टिएपछि पुराना रोमान्टिक गीतहरू सुनेर आनन्द लिनु नवयुगको सोख हो, ‘गीत यही भन्ने छैन, रोमान्टिक हुनुपर्छ ।’ नवयुग सिनेमा हेर्छन् । भर्खरै गाजलु हेरेका थिए । उनले भने, ‘मन पर्‍यो ।’ हिन्दीको अजर हेरे । त्यो पनि राम्रो लाग्यो । ‘विवाहको विगुल बजाउन मन लागेको छैन ? दबाब त होला नि आफ्नो र उनको घर, दुवैतिरबाट ?’ नवयुगको जवाफ थियो, ‘घरबाट अलिअलि दबाब होला । उनको तिरबाट त छैन । उनीहरू उदार छन् । म आफैं तीन वर्षयता विवाह गर्ने मुडमा छैन । मेरो यो समय भनेको फुटबल खेलका लागि हो । म यो तीन वर्ष खेलबाहेक अरू कुनै झन्झटमा फस्न चाहन्नँ ।

बिहे गरेपछि त मानिसको जीवनमा झन्झटहरू सुरु भैहाल्छन् नि ।’ युरो कप गर्लफ्रेन्डसँग सँगै बसेर हेर्ने मन थियो तर मनमै रह्यो उनको मनको कुरा । अलि टीठलाग्दो हाँसोसहित वताए नवयुगले, ‘म रहें यतातिर, उनी रहिन् इलामतिर ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

शिक्षा सम्बन्धि थप

  • प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्तिप्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति
  • विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’
  • विद्यालय तहको परीक्षा : डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिसविद्यालय तहको परीक्षा : डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस
  • सामाजिक र गणितमध्ये एक रोज्न पाइनेसामाजिक र गणितमध्ये एक रोज्न पाइने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुहिएको अवस्थामा महिलाको शव फेला

    कुहिएको अवस्थामा महिलाको शव फेला

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

    विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    दक्षिण कोरियाली राजधानी सोलमा हालसम्मकै ठूलो ब्यापारिक मल सञ्चालनमा आउदै

    दक्षिण कोरियाली राजधानी सोलमा हालसम्मकै ठूलो ब्यापारिक मल सञ्चालनमा आउदै

    इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

    इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

    साँखु र शालिनदी क्षेत्रमा डेढ सय वर्ष पुरानो भीमसेन जात्रा

    साँखु र शालिनदी क्षेत्रमा डेढ सय वर्ष पुरानो भीमसेन जात्रा

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    मुलुकभरको सुरक्षामा उच्च सतर्कता

    मुलुकभरको सुरक्षामा उच्च सतर्कता

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

    विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

    पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री

    पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    बाघको पुर्ख्याैली थातथलो मासिए पछि आक्रमण बढ्यो

    जनता र संविधानको जित : सभामुख

    जनता र संविधानको जित : सभामुख

    सर्वाेच्चको फैसलापछि कांग्रेस नेताका टिप्पणी

    सर्वाेच्चको फैसलापछि कांग्रेस नेताका टिप्पणी

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित

    काठमाडौं -  अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको छ ।...  विस्तृतमा

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

    इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

    इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

    हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

    हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

    भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

    भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

    जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

    जी–७ द्वारा म्यानमार प्रदर्शनकारीविरूद्ध गरिएका सैनिक कारबाहीको कडा शब्दमा आलोचना

    बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

    बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

    फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

    फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑