hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Sun, 28, Feb, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / शिक्षा

गौरिकाको रियोदेखि काठमाडौंसम्मको यात्रा

१२ पुष २०७३, मंगलवार ०४:२८ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौं- अघिल्लो महिना ब्राजिलमा भएको रियो ओलम्पिकमा सबभन्दा कान्छी खेलाडी भएकी नेपाली स्विमर गौरिका सिंह लन्डनमा अभिभावकसँगै बस्छिन् । त्यहीँ पढ्छिन। प्रशिक्षण गर्छिन् । दक्षिण एसियाली खेलकुद (साग) मा एक रजत र तीन कांस्य पदक जित्दा पनि उनी लन्डनबाटै गुवाहटी गएकी थिइन् । उतैबाट फर्किइन् पनि । स्कुल बिदाको अवसर पारेर उनी रियोबाट फर्केलगत्तै भने नेपाल आइन् । प्रत्येक वर्ष स्कुल बिदामा स्वदेश आउने गरेकी १३ वर्षीया गौरिका शान्ति फाउन्डेसनको सद्भावना दूत पनि हुन् । यसैमार्फत उनी भूकम्पपछि पुनर्निर्माण गरिएको कालीदेवी माध्यमिक विद्यालय, ललितपुर पुगेर आफूजस्तै विद्यार्थीसँग केही घण्टा बिताइन् ।

तीन वर्षे स्विमिङ करिअरमा ३० राष्ट्रिय कीर्तिमान बनाएकी उनी चेलीबेटी बेचबिखनविरूद्ध अभियान थालेको माइती नेपालमा पनि गइन् । दुई साताको स्वदेश यात्रामा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटिन् । लन्डन पुगेर मंगलबारदेखि ९ कक्षाको अध्ययन थालेकी उनको रियोदेखि काठमाडौंसम्मको अनुभव उनकै शब्दमा :

नेपाल ओर्लेको पर्सिपल्टै कालीदेवी स्कुल पुगेकी थिएँ । कक्षाकोठा तीन वटा रहेछ । त्यहाँ आठ कक्षासम्म पढाइ हुने रहेछ । विद्यार्थी महिनामा दुई दिनमात्र स्कुल आउने र अरू बेला पैसा कमाउन जाने रहेछन् । मलाई अनौठो लाग्यो । स्कुल जाने बाटो साह्रै गाह्रो लाग्यो । भीरबाट झन्डै लडेकी थिएँ । त्यसबेला मलाई त फर्किन्छु जस्तो लागेको थिएन । खुट्टामा जुकाले धेरै टोके । पानी परेकाले गएको बाटोबाट हिँडेर फर्किन पनि मिलेन । कस्ता राम्रा दृश्य हेर्न पाइयो । मकै खेती कस्तो हुन्छ भन्ने पनि यहीँ देखें । अनौठो लाग्यो । स्कुलका बच्चा ‘क्युट’ थिए । साथी पनि बनाएँ । उनीहरूलाई ओलम्पिकबारे भने केही थाहा थिएन ।
माइती नेपालमा पनि पुगें । कस्तो क्युट बच्चा सुतिरहेको थियो । एक महिनाको त्यो बच्चा त पशुपतिनाथको जंगलमा फालिएको रहेछ । ओठ काटिएको अर्को बच्चा ओम हस्पिटलमा फालिएको रहेछ । किन बच्चालाई फालिन्छ होला ? मैले बुझिनँ । ट्राफिकिङ (मानव बेचबिखन) मा परेका ६–७ वर्षको केटा पनि भेटें । कस्तो राम्रा मान्छे रहेछन् । ट्राफिकिङमा केटा पनि पर्छ भन्ने मैले सोचेको थिइनँ । अंग प्रत्यारोपण र बाटोमा माग्न पठाउनका लागि केटालाई पनि बेच्ने गरेको अनुराधा दिदीले भन्नुभयो । म स्तब्ध भएँ ।

सिभिल बारमा आँखै अगाडि अभिभावकको हत्या भएको मान्छे पनि भेटें । त्यस्तो कहिल्यै देखे–सुनेको थिइनँ । मेरो परिवार र पाँच जना साथीसँगै माइती नेपाल गएकी थिएँ । त्यहाँ रहेका निकै चलाख (जान्ने) रहेछन् । मभन्दा पनि चलाख । पढाइ भइरहेकै बेला हामी पुगेका थियौं । म्याथ, इंग्लिस, सोसल स्टडीमा उनीहरूको स्तर उच्च रहेछ । सबै जनाले डिस्टिङ्सन ल्याउने रहेछन् । ज्ञानी रहेछन् । उनीहरूलाई ओलम्पिक र मेरोबारे जानकारी रहेछ । स्विमिङ किन गरेको, कस्तो छ भनेर सोधेका थिए । मलाई डान्स गर्न खासै आउँदैन । तर, उनीहरू र अनुराधा दिदीसँग डान्स पनि गरें । कस्तो अप्ठ्यारो लाग्यो । हामीसँगै बास्केटबल पनि खेल्यौं । उनीहरू च्याम्पियन रहेछन् ।
लन्डन फर्किनु एक दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटें । उहाँले पहिलेदेखि नै मिडियामार्फत मेरो प्रोग्रेस सुनिरहेको र आफूले भेट्न चाहेको बताउनुभयो । राष्ट्रपति भनेको राष्ट्रपति नै हो । उहाँसँग भेट्न पाउनु पनि ठूलो हो । धेरै धेरै खुसी लागेको छ । उहाँले अर्को प्रतियोगिताका लागि तयारी थाल्नका लागि हौसलता दिनुभयो ।
यसैपालि ओलम्पिक खेल्न पाउँछु भन्ने पनि सोचेको थिइनँ । तर मौका मिल्यो । रियो ओलम्पिकमा ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कान्छी हुँदा मलाई सुरुमा त विश्वासै लागेन । ओलम्पिक भिलेजमा धेरै मिडियासँग कुरा गरें । धेरैसँग फोटो खिचें । रमाइलो लाग्यो । मेरो फेवरेट प्लेयर माइकल फेल्प्सलाई रियोमा भेटें । फेल्प्सलाई ‘हेलो’ भनें । उनी स्विमिङको तयारीमा थिए । उनले ‘अहिले बोल्न सक्दिनँ’ भने ।

यस्तो बेला फोटो खिच्न नमान्ने उनको बानी मैले बुझेको थिएँ । आग्रह पनि गरिनँ । मेरो टोपीमा ‘सिग्नेचर’ भने गरिदिए । कजान (रूस) मा पनि भेटेका सुन याङले त मेरो कोच खोइ भनी सोधेका थिए । ओलम्पिकको ओपनिङ सेरेमोनीमा साडी लगाएकी थिएँ । जुडो कोच (देबु थापा) ले मलाई साडी लगाइदिनुभएको थियो । पहिले घरको पूजा र गुन्युचोलीमा पनि साडी लगाएकी थिएँ । बाजे (लवभक्त राणा) ले पकाउनुभएको कुरकुर आलु (आलु भुजुरी) साह्रै मनपर्छ ।

प्रोटिनसेक धेरै खान्छु । स्विमिङ र पढाइको टायम म्यानेज गर्न गाह्रो भएकाले स्कुलको लन्च आवरमा होम वर्क सक्ने गर्छु । भाइ सोउरेन बेस्ट फ्रेन्ड हो । उनीसँग झगडा गर्छु, माया पनि । ममीले भाइलाई गाली गर्नुभयो भने ढाकछोप गरिदिन्छु । स्विमिङ नखेल्दै तीन वर्षअघि आउँदा पाटन दरबार स्क्वायर घुमेको थिएँ । निकै रमाइलो लागेको थियो । अर्को वर्ष नेपाल आउँदा अझै धेरै घुम्ने इच्छा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

शिक्षा सम्बन्धि थप

  • प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्तिप्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति
  • विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’
  • विद्यालय तहको परीक्षा : डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिसविद्यालय तहको परीक्षा : डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस
  • सामाजिक र गणितमध्ये एक रोज्न पाइनेसामाजिक र गणितमध्ये एक रोज्न पाइने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    दक्षिण कोरियाको इन्छन अन्तराष्ट्रिय विमानस्थलमा आतङ्ककारी आक्रामणको धम्की

    दक्षिण कोरियाको इन्छन अन्तराष्ट्रिय विमानस्थलमा आतङ्ककारी आक्रामणको धम्की

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    उखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

    उखु खेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    विद्यालयमा आगलागी हुँदा एक करोडको क्षति

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    प्रधानमन्त्री ओली राजीनामा गर्न तयार

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    विद्युतीय बसलाई छैन ऋण :बजेट अभावले चीनमै रोकिए २५ वटा बस

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    खोपप्रति ज्येष्ठ नागरिक उत्साहित

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालन

    ऋषिङमा सांस्कृतिक महोत्सव हुने

    ऋषिङमा सांस्कृतिक महोत्सव हुने

    नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन ः महामन्त्री कोइराला

    नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन ः महामन्त्री कोइराला

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    पोर्ट ओ प्रिन्स  -  हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु...  विस्तृतमा

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ ः डब्लुएचओ

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    घानामा खोप अभियान सुरु हुँदै, राष्ट्रपतिले खोप लगाएर अभियान थालिने

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    इन्डोनेसियामा पनि पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    इजिप्टले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑