hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 19, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / अन्तर्वार्ता

ब्रिक्स’ को आठौ सम्मेलन र यसको वास्तबिकता

१२ पुष २०७३, मंगलवार ०५:२९ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

बिश्वका चार महादेशलाई जोड्ने संसारका पाँच देश सम्मिलित उदाउँदो बिश्व संगठन ‘ब्रिक्स’को आठौं शिखर सम्मेलन गएको साता अर्थात अक्टोबर १५ – १६ सम्म भारतको गोवामा एक घोषणापत्र जारी गर्दै सम्पन्न भयो । बिम्स्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउनेलगायत जारी १०९ बूदे घोषणापत्रमा यस क्षेत्रको शान्ति, विकास, समृद्धिलगायत साझा उद्देश्यलाई थप सुदृढ बनाउने एवम् व्यापार, वाणिज्य र लगानीलगायत क्षेत्रमा संयुक्तरुपमा काम गर्न सकिने सम्भावनालाई पहिल्याउने उल्लेख गरिएको पाइन्छ ।

सम्पन्न ब्रिक्स समूहको सम्मेलनले जारी गरेको यस घोषणापत्रमा बिम्स्टेकसँगको ‘आउटरिच’ कार्यक्रमले ब्रिक्स र बिम्स्टेकको सम्बन्धलाई पुनर्ताजगी गर्ने अवसरका रुपमा उल्लेख गरिएको छ । बिम्स्टेकमा भारत, थाइल्याण्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, नेपाल र भूटान रहेका छन् ।

घोषणापत्रमा भारतले ब्रिक्सको पहिलो व्यापार सम्मेलन भारतमा गर्ने पहल लिएको र यसले ब्रिक्स मुलुकबीच व्यापारलाई अगाडि बढाउन सहयोग गर्ने उल्लेख गरिएको छ । यसमा सबै खालका आतङ्कवादलाई निन्दा गर्दै भारतमा हालै भएको आतङ्ककारी हमलाको पनि निन्दा गरिएको छ । यसैगरी, सम्मेलनमा ब्रिक्सका राष्ट्रहरु कृषिसम्बन्धी ब्रिक्सको अनुसन्धान प्लेटफर्म बनाउन, रेलवे रिसर्च नेटवर्क, स्पोर्ट काउन्सिल र यूवासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्न पनि सहभागी देशहरु सहमत देखिएका छन् ।

आठौं सम्मेलनमा यसका पाचै सदस्य देश — ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका शीर्ष नेताहरु सहगभागी थिए । बिश्वमा यो ब्रिक्स गठन भएको एक दशक बित्नै लागेको छ । बितेको यो झण्डै एक दशकमा अन्य बिश्व संगठहरुको तुलनामा ब्रिक्स लगातार प्रगतिकै बाटोमा अग्रसर हुँदै आएको मान्नु पर्दछ । त्यसको परिणाम के भएको छ भने अब यसलाई बिश्वमा उदाउँदा देशहरुको एक महत्वपूर्ण अन्तर्राष्ट्रिय संघ मान्न थालिएको छ । ब्रिक्सका सम्वन्धमा कुरा गरिरहँदा के पनि ध्यान दिइनु पर्ने देखिन्छ भने यसको जग बसाल्ने बिश्वका चीन, रुस, भारत,ब्राजिल र केही बर्ष पछि सामेल भएको दक्षिण अफ्रिका सबै पाँचै देश आजको उदाउँदा आर्थिक शक्ति मानिसन्छन् र बिश्व अर्थब्यवस्था र कारोबारमा निक्कै ठूलो हिस्सेदारी राख्दछन् । यद्यपि सम्मिलित देशहरुमा रुस औद्योगिक देश नै हो । ब्रिक्समा आवद्ध यी देशहरु के मान्दछन् भने दोश्रो बिश्व युद्ध पछिको बिश्वको आर्थिक प्रशासनको कुरालाई लिएर भएको बृटनउड्स सम्झौताले बिश्व आर्थिक सन्तुलन कायम राख्न सकिरहेको छैन । जसले गर्दा यसमा सुधारका निक्कै सबल माग ती देशहरुद्वारा समेत गरिदै आएको छ जुन देशहरु आर्थिक शक्तिकोरुपमा उदाएका छन् । यो पनि इन्कार गरिरहनु पर्दैन भने कतिपय सुधारका काम पनि यस सन्दर्भमा भएका छन् । तर अभैm पनि जुन देशको बर्चश्व त्यसको आरम्भिक दिनमा रहेको थियो अहिले पनि त्यही नै स्थिति कायमै छ । अर्को के पनि तर्क गरिन्छ भने उदाउँदा अर्थब्यबस्थाहरुलाई अब बिश्वको सर्बाधिक गतिशील हिस्साको रुपमा हेर्न थालिएको छ । जस्तो कि निर्णय लिने पुराना संरचनाहरु तथा प्रकृयाहरुलाई न्यायसंगत तुल्याउन अनिवार्य छ भन्ने सोचले बितेका केही बर्षदेखि अन्तर्राष्ट्रिय सहयोगको बैकल्पिक ढाँचा निर्माण गर्ने सबल प्रेरणा दिएको छ । जसको झलक आजको बिद्यमान बिश्वको तस्वीरमा देख्न सकिन्छ । ब्रिक्सको उदय भए पछि प्रासांगिक बिकल्पको यो अनुसन्धान अझ उन्नत बन्न गएको औंल्याइदैछ ।

बिश्वमा ब्रिक्सको एउटा महत्वपूर्ण बिशेषता के रहेको छ भने पुराना स्थापित संस्थानहरुको कुनै बिरोध नगरीकनै यसले नयाँ बिश्वस्तरीय संस्थाको लागि आफ्नो महत्वपूर्ण स्थान बनाएको छ । यसको सबूत प्रमाणको रुपमा के भन्न सकिन्छ भने पुरानो आर्थिक ब्यवस्थामा परिवर्तनको मागले पहिलेभन्दा बढी जोड पक्रिन थालेको छ र त्यसका अतिरिक्त त्यसप्रति बिश्व आकर्षण अभैm कायम रहेको छ । हुन पनि ब्रिक्सले कहिले पनि के माग गरेको छैन भने बिश्वको मौजूदा आर्थिक ढाचालाई पूरै खारेज गरिनु पर्दछ । बिश्व शान्ति र सौहाद्र्रतको कुरा यसका प्रत्येक छलफल र बिचार बिमर्शका बेला दोहो¥याउने गरिदै पनि आएको छ । यद्यपि यसलाई निश्चय नै बिद्यमान पुरानो बिश्व ब्यबस्थाका लागि एउटा चूनौति मान्न सकिन्छ तर बिघटनकारीको रुपमा भने यसलाई लिइएको छैन । बिकासशील देशहरु बिगत लामो समयदेखि एउटा न्यायसंगत अन्तर्राष्ट्रिय ब्यवस्थाको खोजीमा रहँदै आएका हुन्, जुन ब्यवस्थाले उनीहरुको सामुहीक हितहरुको सुरक्षा गरोस् । अनि यसो भन्नु कुनै गल्ती पनि हुने छैन कि आवश्यक र सामयिक सुधारका कदमहरुलाई अब त्यतिबेला मात्र गति दिन सकिन्छ जब ब्रिक्समा सामेल सबल आर्थिक शक्तिहरुले यसको अगुवाई गर्ने र नेतृत्व लिनेछन् ।

हुन पनि आफ्नो करीब दश बर्षको यात्रामा ब्रिक्सले यस दिशामा कतिपय उल्लेखनीय पहल पनि लिएको छ । यसमा सबैभन्दा महत्वपूर्ण कदम हो ‘ब्रिक्स बिकास बैंकको स्थापना’ गर्ने निर्णय लिइनु । यसका लागि पूँजीको पनि पर्याप्त ब्यवस्था समेत गरिएको छ । जसले गर्दा बिश्वमा बिकासशील देशहरुका लागि बिद्यमान बिषमतालाई पुर्न सकिने अपेक्षा गरिएकोछ । वास्तबमा यस्तो चाहना बितेको लामो समयदेखि रहँदै आएको पनि हो । त्यसमा पनि अब उदाउदा आर्थिक शक्तिका देशहरु सबल भइरहेका छन् भने यस स्थितिमा पनि छन् कि आफ्ना संसाधनहरुलाई बाढ्न सके भने यसमा अझ पाइन चढ्ने सम्भाबनाहरुप्रति थप भरोसा जाग्ने छ र जाग्न थालेको पनि छ । निश्तिरुपमा बिकासको यस नयाँ प्रयासको आधार चीनको बिशाल संसाधन हुन सक्तछ र यसमा भारतको पनि सहयोगी भूमिका अनि अन्य यसका सदस्य राष्ट्रहरु समेत मिलेर अझ अगाडि बढ्ने बढाउने परस्पर सहयोग पुग्न सक्तछ । यस सन्दर्भमा जुन ब्रिक्स बैंकको स्थापना गरिएको छ त्यसमा ठूलो मात्रमा आकस्मिक ‘रिजर्भ फण्ड’ ब्यबस्था गर्न सदस्य देशहरुका बीच सहमति बन्नु पनि एउटा निक्कै सकारात्मक र बिश्वसनीय कदम हुन पुगेको छ ।

नबोदित अर्थब्यवस्थाहरुको जुन जुन आर्थिक क्षेत्रहरुमा बिशेष र महत्वपूर्ण दख्खल छ त्यो पनि अब साकार हुन थालेको छ । यसबाट ब्रिक्सलाई एउटा यस्तो आयाम मिलेको छ जसको अभाव पहिलेका प्रयत्नहरुमा देखिएको थियो । यसको एउटा परिणाम के निस्केको छ भने सदस्य देशहरुको आर्थिक उन्नतिका लागि एउटा सामुहीक साधनकारुपमा ब्रिक्सको मूल्यलाई जोड दिन थालिएको छ । हुन त अझै पनि धेरै धेरै कुरामा बिचार बिमर्श गरेर ठोस निर्णयमा पुग्न बाँकी नै छ । अनि आर्थिक बिषयमा जस्तै राजनीतिक मुद्दाहरुमा पनि गम्भीर चिन्तन मनन गरिनु पर्ने आवश्यकता रहेकै देखिन्छ । अनि यसलाई त्यस ढाँचाकोरुपमा बिकसित गरिनु पर्ने आवश्यकता छ जसले बिश्वब्यापी निर्यातका ब्यापक मुद्दाहरुमा सदस्य देशहरुको साझा निष्कर्श आओस् । यस भन्दा पहिलाको ब्रिक्स शिखर सम्मेलन सम्पन्न भए पछिको बिज्ञप्तिमा दृष्टि दिने हो भने स्पष्ट हुन्छ कि ब्रिक्स अब केवल एउटा आर्थिक मुद्दामा मात्र सीमित रहेको छैन, यसको बिस्तार ब्यापक छ । यद्यपि यसमा कतिपय मुद्दाहरु भने बिवादरहीत छैनन् । जसले उदाउँदो बिश्व तस्बीरलाई दाग लगाउन पनि सक्ने खतरा छ । अनि कतिपय बिद्यमान अंतरराष्ट्रीय समस्याहरु यसका सदस्य देशहरुका लागि चिन्ताका बिषय पनि बनेका छन् । अनि के अनुमान पनि लगाउन सकिन्छ भने यस्ता मुद्दाहरु सके अहिले नभए अर्को शिखर सम्मेलनसम्ममा ब्रिक्समा समावेश हुने स्थिति छ । चीन, रुस, भारत लगायतका सदस्य देशहरुले जुन अन्तर्राष्ट्रिय ब्यापारिक, सामरिक आदि समस्याहरु झेलिरहेका छन् ती कुनै न कुनै रुपमा ब्रिक्स शीखर सम्मेलन उठ्नु र तिनको समाधानका लागि एक अर्का सदस्य देशहरुले समर्थन र सहयोग खोज्नु पनि अनुचित र अस्वभाबिक होइन । तर तिनै मुद्दाहरुमा मात्र ब्रिक्स अल्झियो र अल्मलियो भने यो जुन उदेश्यककासाथ स्थापित र बिकसित भएको हो त्यसमा नै बाधा उत्पन्न हुने देखिन्छ ।

यस पृष्ठभूमि र परिप्रेक्षमा समस्याहरु केलाउँदा भारतको गोवामा सम्मन्न भएको आठौ सम्मेलन भारतले सीमापार आतंकबादको कुरा उठाउनु र त्यसबारे सदस्य देशहरुलाई अबगत गराउनु कुनै अनौठो कुरा भएन । तर त्यसमा सबैको सहमति बन्ने कुरा भने थिएन र भएन पनि । त्यसैगरी दक्षिण चीन सागरमा जुन बिबाद लामो समयदेखि रहँदै आएको छ चीनले पनि त्यो बिषय यो शिखर सम्मेलनमा उठाउनु कुनै नौलो कुरा भएन । त्यसरी नै चीनले सिल्क रोड अर्थात रेशम मार्गको कुरा र हिन्द महासागरमा आधारभूत बिकासको कुरा समेत उठाउँदछ भने त्यसलाई अन्यथा भन्न मिल्दैन । अनि रुसले पनि सीरियाको बिषयमा कुरा उठाउनु कनै अयथार्थ कुरा भएन । त्यसैगरी ब्राजिल र दक्षिण अफ्रिकाले पनि आफ्ना चिन्ता र समस्याका बिषयमा कुरा राख्नु पनि उत्तिकै स्वाभाबिक हो । जे भए पनि दुइ पक्षीय या बहुपक्षीय समस्याहरुका बीच खडा भएको ब्रिक्स देशहरुको यो संस्थामा नेपालले पनि पर्यबेक्षककोरुपमा सहभागी हुन पाएको छ । यसबाट प्रत्यक्ष परोक्ष के कति लाभान्बित हुन सक्ला त्यो अहिले नै यकिन गरेर भन्न सकिने अबस्था नभए पनि यस्ता अन्तर्राष्ट्रिय स्तरका फोरमहरुमा आफ्ना स्वतन्त्र बिचार राख्ने र नेपालको हित प्रवद्र्धन गर्ने माध्यम बनाउन सक्ने हो भने निश्चय नै त्यसको परिणाम सकारात्मक हुने कुरामा दुइ मत नहोला । जे भए पनि ब्रिक्स उदाउदा बिश्व आर्थिक शक्तिहरुको एउटा बिश्व स्तरीय गतिशील संस्था जुन बनेको छ यसले नयाँ बिश्व ब्यवस्थाका लागि के कत्तिको योगदान गर्न सक्तछ आगामी दिनमा त्यो प्रकट हुदै जानेछ । नबौं ब्रिक्स सम्मेलन भने चीनमा हुने तय भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

अन्तर्वार्ता सम्बन्धि थप

  • ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ‘प्रस्ताव फिर्ता लिऊँ अनि बैठक बसौँ भन्न मिल्छ ?’ नारायणकाजी श्रेष्ठ
  • ‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल‘नेपालको अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ -अर्थमन्त्री पौडेल
  • ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ‘नियमित रेल सञ्चालन छिट्टै हुनेछ’ -भौतिक पूर्वाधारमन्त्री नेम्वाङ
  • नेपाली कलालाई सरकारले नै नजर अन्दाज गरेको छनेपाली कलालाई सरकारले नै नजर अन्दाज गरेको छ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    सडक दुर्घटनासँगै मानवीय क्षति बढ्दै

    सडक दुर्घटनासँगै मानवीय क्षति बढ्दै

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार छैन

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    प्रतिनिधिसभा विघटनविरुद्धको बहस लम्बिने

    ठेक्काले नेपाली सेना बिबादमा

    ठेक्काले नेपाली सेना बिबादमा

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    प्रचण्डको आग्रह – ‘षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्नुहोस ‘

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

    ८० वर्षमा नागरिकता !

    ८० वर्षमा नागरिकता !

    बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

    बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

    रानीपोखरीबाट लेउ निकालिँदै

    रानीपोखरीबाट लेउ निकालिँदै

    मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

    मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

    वासिङ्टन- अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई...  विस्तृतमा

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    अर्जेन्टिनामा ६.४ म्याग्नीच्युडको भूकम्प

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्धारा राहतको घोषणा

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    सुडान झडपमा ८० भन्दा बढीको मृत्यु

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑