सोल – सलनालमा स्याङ्जा परिवारले बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । परिवारले २०१७ जनवरी २८ मा सास्कृतिक कार्यक्रम गर्न लागेको हो ।
नेपाली सम्पर्क समिति, (NCC) ले आइतबार गरेको साँस्कृतिक कार्यक्रम बाँडफाँडबाट स्याङ्जा परिवारको लागि जनवरी २८ को दिन निर्धारण गरिएको हो । कार्यक्रमको तयारी द्रुतगतिमा भईरहेको परिवारका अध्यक्ष राजु भण्डारीले जानकारी गराए ।
कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउनका निमित्त सम्पूर्ण स्याङ्जाली महानुभावहरुलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन स्याङ्गजा परिवारले अपील गरेको छ ।
सास्कृतिक कार्यक्रमका लागि कलाकारहरुको चयन प्रक्रिया सुरु गरिएको भण्डारीले जानकारी दिए । केहि दिन भित्रमा कलाकारहरु र हलको टुंगो लाग्ने उनले बताए । सोही दिन संखुवासभा सम्पर्क समिति र सुर्खेत कोरिया सम्पर्क समितिले संचालन गरेको चिठ्ठाको नतिजा पनि खोलिने छ । दुवै सस्थाले पहिलोपटक चिट्ठा कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
१९९७ मा स्थापना गरिएको स्याङ्गजा परिवार परोपकारी कार्यमा अग्रणी सस्था रहेको परिवारले जनाएको छ । भूकम्प पिडित लगायत दैवी प्रकोपका पिडितहरुलाई आर्थिक सहयोग गर्दै आएको परिवारले स्पष्ट पारेको छ । परिवारले व्यवस्थित शेल्टर पनि संचालन गर्दै आएको छ ।
लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस