निर्माणाधीन पोखरा नाटक घरको लागि दक्षिण कोरियामा आर्थिक संकलन सुरु गरिएको छ । राजधानी बाहिरको पहिलो नाटक घर निर्माणका लागि दक्षिण कोरियामा रहेका केहि युवा आर्थिक संकलनका लागि सक्रिय भएर लागेका छन ।
युथ कृयसन थिएटर पोखराको अगुवाइमा निर्माण भइरहेको नाटक घरलाई आर्थिक अभावमा हुन नदिन आर्थिक संकलन सुरु गरिएको युवाहरुले जानकारी गराएका छन । गोरेटोका सहयात्री समुहमा आवद्ध युवाहरुले आर्थिक संकलन अभियान सुरु गरेका हुन ।
दुइ बर्ष अघि देखि निर्माण सुरु गरिएको नाटक घर आर्थिक अभाव र नाकाबन्दीका कारण काम रोकिएर निर्माण कार्य ढिलो हुदै आएको थियो ।
केहि समयदेखि निर्माणमा तिब्रता पाइरहेको नाटक घरको ७५ प्रतिशत निर्माण कार्य सकिएको छ । काठमाडौं बाहिर नाटक घर संचालन हुनु सुखद पक्ष भएकोले दक्षिण कोरियामा पनि युवाहरुबाट आर्थिक संकलन शुरु गरिएको सहयात्री समुहमा आवद्ध कास्कीका फणिन्द्र भण्डारीले जानकारी गराए ।
सुरुमा केहि साथीहरु मार्फत सहयोग गर्न लागिएको तर धेरै युवाहरुले नाटक घर प्रति चासो देखाएकोले आर्थिक संकलन कार्य लम्बिएको भण्डारीले बताए । संकलित रकम केहि दिनमा नाटक घर निर्माण समितीलाई हस्तान्तरण गरिने उनले बताए । राजधानी बाहिर रंग मन्च निर्माण हुनु र कला पारखीहरु फैलिएको प्रति इलामका गणेश पौडेलले खुसि ब्यक्त गर्दै भने नाटक घर निर्माण पश्चात सहयोगको सार्थकता हुनेछ ।
एक सय ६० जनाको क्षमता रहेको नाटक घर दश बर्षको लागि एक एनजीओको जग्गा भाडामा लिएर पोखरा नागढुंगामा निर्माणाधीन छ । तिस लाख लाख रुपया लागत अनुमान गरिएको नाटक घर माघ महिना देखि संचालन हुने युथ कृयशनले जानकारी गराएको छ ।
काठमाडौं - अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको छ ।... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस