hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Fri, 15, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

कोरिया जान लालायित नेपाली महिला

१२ पुष २०७३, मंगलवार ०६:०० मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
hotpati admin

काठमाडौं – स्वदेशमा रोजगारीको अवसर नपाउँदा पछिल्लो समय कामका लागि दक्षिण कोरिया जाने महिलाको संख्या बढेको छ ।अन्य मुलुकको तुलनामा रोजगारीका लागि कोरिया जान विभिन्न प्रक्रियामा सफल हुनुपर्ने प्रावधान राखिएको भए पनि नेपाली महिलाले आफूलाई प्रतिस्पर्धी बनाउँदै कोरिया सपना पूरा गरिरहेका छन् । जीटूजी (दुवै देशका सरकारी निकाय सामेल) प्रक्रियाबाट कोरिया जाँदा ठगीमा नपर्ने तथा पारिश्रमिक पनि राम्रो पाइने भएकाले महिलाको आकर्षण बढेको हो । कामका लागि कोरिया जान अहिलेसम्म जीटूजी प्रक्रिया मात्र अवलम्बन गरिएको छ । कुनै पनि म्यानपावरलाई कोरिया पठाउने अनुमति दिइएको छैन ।

सन् २००७ देखि सुरु भएको कोरिया रोजगार अनुमति प्रणाली अन्तर्गतको कार्यक्रमअनुसार कोरियाले सन् २००८ देखि नेपालबाट कामदार लैजान थालेको हो । कोरियाले नेपाली कामदार लैजान थालेपछि नेपालमा वैदेशिक रोजगार विभागअन्तर्गत कोरिया रोजगार प्रणाली (ईपीएस कोरिया) शाखा गठन गरिएको छ । कोरियन अधिकारीको सहभागितामा उक्त शाखाले कोरिया जान इच्छुक युवायुवतीलाई सहयोग पु¥याउँदै आएको छ । कोरिया जानका लागि आवश्यक पर्ने भाषा परीक्षा, प्रश्नपत्र तयार, उत्तरपुस्तिका परीक्षणजस्ता महŒवपूर्ण काममा कोरियन अधिकारीको प्रत्यक्ष संलग्नता रहन्छ भने नेपाली अधिकारीले उनीहरूलाई सहयोग गर्ने गर्छन् । कोरियामा कस्तो जनशक्तिको आवश्यकता छ भन्नेबारे कोरियन अधिकारीले नै निर्णय गर्छन् । हाल कोरियाले नेपालका युवायुवतीलाई कृषि र निर्माण क्षेत्रमा काम गर्न लैजाने गरेको छ ।

पछिल्लो समय सरकारमा रहने व्यक्तिहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाउने गरे पनि त्यसअनुसार स्वदेशमा पूर्वाधार नहुँदा वर्षेनि श्रम गर्न सक्ने उमेरका युवायुुवती विदेश पलायन भइरहेका छन् । कोरियामा कृषि कार्य गर्न जानु पनि सरकारी ठोस नीतिको अभाव रहेको उदाहरण हो । पछिल्लो समय पुरुष मात्र नभई महिला पनि वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने क्रमसँगै कोरिया जानेको संख्या वृद्धि भइरहेको हो ।

ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारी पछिल्लो समयमा कोरिया जान महिलाको चासो बढेसँगै भाषा परीक्षा उत्तीर्ण गर्ने महिलाको संख्या पनि वृद्धि भएको बताउँछन् । भाषा परीक्षा उत्तीर्ण गर्न निकै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले ईपीएस कार्यक्रम सुरु भएको पहिलो र दोस्रो वर्ष निकै कम महिलाले भाषा परीक्षा उत्तीर्ण गर्न सफल भए पनि कार्यक्रमको तेस्रो वर्षदेखि भने प्रतिस्पर्धा गर्ने महिलाको संख्याको साथै भाषा परीक्षा उत्तीर्ण गर्नेको संख्या उल्लेख्य बढिरहेको भण्डारीले बताए । सन् २००८ मा ३ सय ८० महिलाले भाषा परीक्षा उत्तीर्ण गरेर ८१ जना मात्र कोरिया उड्न सकेकोमा सन् २०११ मा १ हजार ५ सय ९८ महिलाले भाषा परीक्षा उत्तीर्ण गर्न सके ।

ईपीएस कोरिया शाखाका अनुसार सन् २००८ देखि हालसम्म ५० हजार ३ सय ६५ युवायुवतीले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका छन् । जसमध्ये अहिलेसम्म ४० हजार ९ सय ४५ जना कोरिया पुगेर काम थालिसकेका छन् । ४५ हजार ९ सय ९१ पुरुषले भाषा परीक्षा उत्तीर्ण गर्दा ४ हजार ३ सय ७४ महिला पनि भाषा परीक्षामा सफल भए । वर्षेनि भाषा परीक्षा उत्तीर्ण हुने महिलाको संख्या वृद्धि हुँदै गए पनि कोरिया उड्ने महिलाको संख्या भने पुरुषको तुलनामा अझै कम छ । हालसम्म ४५ हजार ९ सय ९१ पुरुषले भाषा परीक्षा उत्तीर्ण गरी ४० हजार ९ सय ४५ जना कोरिया उडिसकेकोमा भाषा परीक्षा उत्तीर्ण गर्ने महिलाको संख्या ४ हजार ३ सय ७४ छ भने २ हजार ६ सय ६४ महिला रोजगारीका लागि कोरिया जान पाएका छन् ।

शाखाका अधिकृत भण्डारी गएको भदौदेखि कोरियन रोजगारदाताले बढी संख्यामा कामदार बोलाइरहेकाले भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा सफल भएका धेरै युवायुवती कोरिया जान पाउने बताए । सन् २००८ यता भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा सफल भएका १० हजारभन्दा बढी व्यक्ति अझै कोरिया जान पाएका छैनन् । भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा सफल भए पनि कोरियन रोजगारदाताले नबोलाएसम्म कुनै पनि व्यक्ति कोरिया जान पाउँदैनन् । भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा सफल भएका व्यक्तिहरूको नाम कोेरियाको मानव संशाधन विभागले रोस्टरमा राखेपछि दुई वर्षभित्र ती व्यक्ति रोजगारीका लागि कोरिया पुगिसक्नुपर्छ । रोस्टरमा नाम प्रकाशित भएको दुई वर्षभित्र कोरिया जान नसके त्यस्ता व्यक्तिले पुनः भाषा परीक्षा लगायतका सबै प्रक्रिया सुरुवाती चरणदेखि नै पूरा गर्नुपर्छ ।

कोेरियाको मानव संशाधन विभागले सफल व्यक्तिको नाम रोस्टरमा प्रकाशित गरेपछि मात्र त्यहाँका रोजगारदाताले नेपालबाट कामदार बोलाउने अहिलेको प्रचलन हो । ‘त्यसैले हामीले भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारीको ग्यारेन्टी होइन भन्दै आएका छौँ,’ भण्डारीले भने, ‘भाषा परीक्षामा सफल भएकालाई कोरियन रोजगारदाताले नबोलाउन पनि सक्छन् ।’ कोरियन रोजगारदाता नेपाली कामदार बोलाउँदा त्यस्ता व्यक्तिले गर्ने कामको सैद्धान्तिक र प्रयोगात्मक सीप परीक्षण गर्ने व्यवस्था मिलाइएको हुन्छ । भण्डारीका अनुसार रोजगारदाताले चाहने हो भने कामदारले नेपालमा सिकेको भाषा परीक्षाको ज्ञान मात्र नभई सम्बन्धित कामप्रति उसको प्रयोगात्मक ज्ञान पनि भिडियोमार्फत जान्ने व्यवस्था मिलाइएको हुन्छ ।

‘कोरियामा सामाजिक सुरक्षा राम्रो छ’

बाबुराम खतिवडा

ईपीएस कोरिया शाखा प्रमुख

कोरिया रोजगारीका दृष्टिकोणले मात्र नभई बसाइ र सुरक्षाको दृष्टिकोणले पनि राम्रो छ । पछिल्लो समय उच्च आर्थिक वृद्धि गरेकाले अर्थतन्त्र सुधारेको त छँदैछ, त्यहाँ महिलाविरुद्ध हुने हिंसा पनि निकै कम भएको छ । त्यहाँको वातावरण स्वतन्त्र छ । आफूले के काम गर्ने हो, त्यतिमा ध्यान दिएपछि बाँकी कुराका लागि कोहीसँग हारगुहार गर्न पर्दैन । राम्रो प्रगति गरिरहेको देश भएका हुनाले त्यहाँ कामदारलाई विभिन्न सुविधा हुने नै भए ।

‘जाने प्रयासमा एक लाख सकियो’

मिनु मोक्तान, नुवाकोट

कोरिया जानका लागि लामो समयदेखि भाषा सिक्दा र अन्य व्यवस्थापनका लागि एक लाख रुपैयाँ सकियो । आफ्नो मान्छे नहुँदा स्वदेशमा जागिर पाउन सकिएन । कोरिया जानुको उद्देश्य पैसा कमाउनु नै हो । गत वर्ष पनि कोरिया जाने प्रयास गरेको थिएँ । तर, भएन । यसपटक सफलता पाउने आशा छ । सुनिएअनुसार कोरिया अन्य मुलुकको तुलनामा राम्रो छ । त्यसैले अन्य काम छाडेर भए पनि कोरिया जाने प्रयासमा छु ।

‘विदेशिनुको विकल्प छैन’

विपना राई, ओखलढुंगा

गत वर्ष पनि कोरियन भाषा पढेकी थिएँ । यसपटक पनि पढेँ । देशमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता आइपरेको हो । अन्य देशमा जानुभन्दा कोरिया जानु निकै राम्रो छ जस्तो लाग्छ । पहिलो त सरकारी निकायले नै पठाउने भएकाले ठगिने सम्भावना कम भयो । अर्को जाँदा लाग्ने लागत कम छ भने कोरियामा राम्रो पारिश्रमिक र करिब चार वर्षसम्म बस्न पाइने भएकाले पनि त्यहाँ जान आकर्षण बढेको हो ।

यति हुँदाहुँदा पनि स्वदेशमा काम पाइने भए परिवार छाड्ने रहर त कसलाई हुन्छ र ? देशका नेता ठूला कुरामात्र गर्छन् । सुखसुविधामा लिप्त छन् । यस्ता नेता, कर्मचारीको मुखै देख्न नपाए हुन्थ्यो भन्ने लाग्छ । राम्रो नीति हुने हो भने नेपालमा धेरै गर्न सकिन्छ जस्तो लाग्छ । तर, के गर्ने नेता र कर्मचारी कमाउन मात्र खोज्छन् । युवा विदेशिनुको विकल्प छैन ।

कुन वर्ष कति महिला कोरिया पुगे ?

वर्ष (सन्मा) भाषा परीक्षा उत्तीर्ण हुने महिलाको संख्या कोरिया उडेका महिलाको संख्या

२००८ ३८० ८१

२००९ – ६४

२०१० ४४६ ४२२

२०११ १,५९८ १३७

२०१२ – ३९५

२०१३ ७१५ १८३

२०१४ २०० ४४१

२०१५ ७०१ ४०६

२०१६ ३३४ ५३५

जम्मा ४,३७४ २,६६४

(नागरिक दैनिकबाट )

२००८ ३१,५२५ ६,७८६ २,८१४

२००९ – – १,९११

२०१० ३६,२०३ ४,१८० २,३३९

२०११ ५०,०४३ १५,६७८ ३,९८३

२०१२ – – ६,३३२

२०१३ ४४,१२२ ८,०५१ ५,०४६

२०१४ ५८,७४६ ३,६६३ ६,०२८

२०१५ ५१,१३७ ८,४९० ५,८६६

२०१६ ६०,६२६ ३,५१७ ६,६२६

जम्मा ३,३२,४०२ ५०,३६५ ४०,९४५

स्रोतः ईपीएस कोरिया शाखा

(नागरिक दैनिकबाट )

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुनेप्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने
  • नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्तानेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
  • लिमी गाउँ पाँच महिनाका लागि बन्दलिमी गाउँ पाँच महिनाका लागि बन्द
  • परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुनेपरराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन

    भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

    बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

    मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    लिमी गाउँ पाँच महिनाका लागि बन्द

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

    प्रतिनिधिसभा विघटन मुद्दा ः कार्कीका स्थानमा मल्ल

    प्रतिनिधिसभा विघटन मुद्दा ः कार्कीका स्थानमा मल्ल

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

    अझै तीन दिन मौसम बदली हुने

    अझै तीन दिन मौसम बदली हुने

    क्याम्पस भवनको शिलान्यास

    क्याम्पस भवनको शिलान्यास

    राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सम्पूर्ण तयारी पूरा

    राष्ट्रिय योग दिवसमा योगाभ्यास

    राष्ट्रिय योग दिवसमा योगाभ्यास

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

    लन्डन – बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो...  विस्तृतमा

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    कोरियाली पूर्वराष्ट्रपतिलाई १८ अर्ब जरिवाना र २० बर्ष जेल सजायँ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    अमेरिकासँग चीनको व्यापार बचत बढ्यो

    भारतको दिल्लीका विद्यालय खुल्ने

    भारतको दिल्लीका विद्यालय खुल्ने

    जापानमा गैरआवासीय विदेशीलाई आउन फेरी निषेध

    जापानमा गैरआवासीय विदेशीलाई आउन फेरी निषेध

    आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा

    आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑