काठमाडौं – क्रिस्टियानो रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजले एक चिनियाँ क्लबले पोर्चुगिज खेलाडीलाई किन्न रियल म्याड्रिडलाई ३ सय मिलियन युरोको अफर गरेको खुलासा गरेका छन् । तर, स्टार खेलाडीले भने उक्त प्रस्ताव अस्वीकार गरेको मेन्डेजले बताएका हुन् ।
पछिल्लो समय चिनियाँ सुपरलिगका क्लबहरुले ट्रान्सफर मार्केटमा ठूलो रकम खर्च गरिरहेका छन् । पछिल्लो समय ब्राजिलियन ओस्कार र अर्जेन्टिनी कार्लोस टेभेजलाई किन्दा त्यहाँको क्लबले ठूलो रकम खर्च गरेको थियो ।
सांघाई एसआइपिजीले ओस्कार तथा सेन्हुवाले टेभेजलाई किन्न किर्तिमानी रकम खर्चेको थियो ।मेन्डेजका अनुसार चिनियाँ क्लबले रियललाई ठूलो रकमको अफरको साथै रोनाल्डोलाई प्रतिवर्ष १ सय मिलियन युरोभन्दा बढीको तलबको पनि अफर गरेको थियो ।
यदी यो अफर स्वीकार गरेको भए रोनाल्डो सजिलै फुटबल इतिहासमा सर्वाधिक महंगो खेलाडी बन्ने थिए । केही दिनअघि मात्र टेभेज विश्वको सबैभन्दा महंगो खेलाडी बनेका थिए ।रोनाल्डोले आफू पैसाबाट प्रेरित नभएको बताउँदै उक्त अफर अस्वीकार गरेको मेन्डेजले दाबी गरे ।
‘रियल म्याड्रिडलाई ३ सय मिलियन युरो र रोनाल्डोलाई प्रतिवर्ष १ सय मिलियन युरोको अफर चिनियाँ क्लबबाट आएको थियो,’ स्काई स्पोर्ट इटालियासँग कुरा गर्दै मेन्डेजले भने, ‘तर, पैसा सबै कुरा होइन, रोनाल्डोका लागि रियल आफ्नो जीवनको अंग बनेको छ ।’
२०१६ को बालोन डि’ओरका विजेताले गत नोभेम्बरमा मात्र सन् २०२१ सम्म रियलमा रहने गरी करार अवधि थप गरेका थिए । रियलमा रहँदा उनले दुई वटा च्याम्पियन्स लिग, लिग उपाधि र कप उपाधि जितेका छन् ।
एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस