hotpati logo
  • समाचार
  • अन्तर्वार्ता
  • अर्थ
  • अपराध
  • फोटो ग्यालरी
  • कला / मनोरंजन
  • खेलकुद
  • प्रदेश संस्करण
  • जीवन शैली
  • पर्यटन
  • प्रवास / एनआरएन
  • फोकस कोरिया
  • Models
  • बिचार / विश्लेषण
  • रोजगार
  • मुख्य समाचार
  • राजनीति
  • विज्ञान / प्रविधि
  • विश्व
  • शिक्षा
  • शेयर बजार
  • धर्म संस्कृति
  • साहित्य
  • स्वास्थ्य
  • Music Video
आज:  | Tue, 26, Jan, 2021
hotpati logo
  • मुख्य समाचार
  • समाचार
  • अर्थ
  • खेलकुद
  • रोजगार
  • शिक्षा
  • कला / मनोरंजन
  • स्वास्थ्य
  • फोकस कोरिया
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • विश्व
    • पर्यटन
    • अन्तर्वार्ता
    • अपराध
    • धर्म संस्कृति
    • प्रवास / एनआरएन
    • फोटो ग्यालरी
    • बिचार / विश्लेषण
    • विज्ञान / प्रविधि
    • शेयर बजार
    • साहित्य
होमपेज / मुख्य समाचार

‘लगेज’ चीनमा, मान्छे नेपालमा !

१५ पुष २०७३, शुक्रबार १३:३१ मा प्रकाशित (4 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
hotpati admin

काठमाडौं – संस्कृति नागरिक उड्डयन तथा पर्यटन मन्त्री जीवनबहादुर शाही २३ डिसेम्बरमा अष्ट्रेलियाबाट नेपाल फर्कंदै थिए । अष्ट्रेलियाको क्याथे प्यासिफिक एयरलायन्सबाट उनी हङ्कङमा उत्रे । ट्रान्जिटमा एकघण्टा रोकिएर उनी ड्रागन एयरलायन्समार्फत नेपाल फर्किए ।

 

मन्त्री त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए । तर, उनको लगेज आइपुगेन । “एक घण्टासम्म प्रतीक्षा गरेपछि पनि व्याग आइपुगेन,” मन्त्री शाहीले बाह्रखरीसँग कुरा गर्दै भने, “त्यसको दुईदिन पछि मात्र सोही एयरलायन्सबाट ब्याग आइपुग्यो ।” मन्त्री अष्ट्रेलियामा भएको ग्रान्ड नेपाल फेस्टिबेलमा सहभागी भएर नेपाल फकिएका थिए ।

 

त्यस्तै, २७ डिसेम्बरमा कोरियाबाट नेपाल फर्किने क्रममा दैलेखका कलमबहादुर खड्का चाइना साउदन एयरलायन्समार्फत नेपाल आइपुगे । उनको चीनको गोन्जाओमा ट्रान्जिट एक घण्टा थियो । नेपाली समयअनुसार २७ डिसेम्बर दिउँसो १२ बजे कोरियाको सोलबाट उडेका उनी दिउँसो ३ बजे गोन्जाओ आइपुगे । त्यसपछि सोही एयरलायन्सको अर्को उडानबाट ४ बजे नेपालका लागि उडेका खड्का राती १० बजे एयरपोर्ट आइपुगे । तर, सबै साथीभाईको कोसेली, अन्य आफ्ना सामानसहितको लगेज आइपुगेन ।

 

“राती दशबजे एयरपोर्ट ओर्लिए । त्यसपछि लगेज कुरेर साढे ११ बजेसम्म बसेँ । त्यसपछि बल्ल तपाईँको लगेज उतै छुटेको खबर आयो,” उनले भने, “त्यसपछि भोलीपल्ट बिहानै लगेज लिन गएको त बेलुका त्यही समयको फ्लाइटमा पो आउने रैछ । त्यो कुरा हिजो नै भनिदिएको भए म सोहीअनुसार आउँथे । मलाई दुई पटक धाउनुपर्‍यो ।”

 

यस्ता समस्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलमा दैनिक रुपमा आउने गर्छन् । यस्तो किन हुन्छ भनेर विमानस्थलका कर्मचारीसँग जिज्ञासा राख्दा उनको जवाफ यस्तो थियो, “मन्त्री ज्यू कै लगेज छुट्यो । अरुको के कुरा गर्नु ? लगेज छुट्ने समस्या विश्वभर हुन्छ । तर, अन्य देशमा एयरलाइन्सले लगेज छुटायो भने पीडितले तुरुन्तै उजुरी गर्छ र क्षतिपूर्ति पाइहाल्छ । हाम्रोमा पीडितलाई उजुरी गरे क्षतिपूर्ति पाइन्छ भन्ने नै थाहा छैन ।”

 

लगेज छुटे ४० अमेरिकी डलर क्षतिपूर्ति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलका महानिर्देशक देवानन्द उपाध्यायका अनुसार ट्रान्जिट वा सम्बन्धित देशमा लगेज ‘मिसप्लेस’ भएमा पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था छ । “ट्रान्जिट समय कम हुँदा लगेज छुट्ने समस्या हुन्छ । यो नेपालमा मात्रै होइन,” उनले भने , “तर, कुन एयरलायन्सबाट आउँदा छुटेको हो । उजुरी गर्‍यो भने यात्रुले ४० अमेरिकी डलरसम्म क्षतिपूर्ति पाउँछन् ।”

 

दुई दिन हङकङमा लगेज छुटेका मन्त्री शाहीलाई ड्रागन एयरलायन्सले ४० डलर लिन आउनुस् भन्दै फोन गर्‍यो । “मलाई ४० डलर लिन आउनुस् भन्दै फोन आएको थियो । म लिन गइनँ,” उनले भने, “मैले अब उप्रान्त यस्तो नहोस् भनेर खबरदारी गरेको छु । मसँग पैसा धेरै भएर नगएको होइन । उनीहरुलाई उत्तरदायी बनाउन खोजेको हुँ ।”तर, यस्तै समस्या भोगेका कलम खड्कालाई तीन दिन भइसक्यो एयरलायन्सले फोन गरेको छैन ।

 
क्षतिपूर्तिको व्यवस्था लगेज छुटेका पीडितलाई होटल खर्च र फेरि एयपोर्ट आउनका लागि ट्याक्सी खर्चका लागि हो । तर, धेरैलाई क्षतिपूर्तिका लागि उजुरी गर्नुपर्छ भन्ने नै जानकारी नहुँदा अर्को दिन गएर लगेज लिन्छन् अनि घर फर्कन्छन् । “छुटेको लगेज लिन एउटै एयरलान्सको अर्को उडान कुर्नुपर्छ । कुनै एयरलायन्सको त दुई÷तीन दिनमा मात्रै अर्को उडान हुन्छ,” विश्वस्त स्रोतले भन्यो, “अनि कति दिनसम्म लगेज कुरेर बस्नु ?”

 

पूर्व मन्त्री आनन्द पोखरेलको झोलासमेत एयरपोर्टबाट हराएको थियो
लजेग छुटेको वा हराएकोमा उजुरी गर्नुपर्छ भनेर विमानस्थिलका कर्मचारीले पीडितलाई यथेष्ट जानकारी नै दिँदैन । कतिपयको एयरलान्सबाट त लगेज नै हराउँछ । यो समस्या पहिले पनि थियो र अहिले पनि छ ।

 

२०५७ सालमा यसअघिका पर्यटन मन्त्री आनन्द पोखरेलको लगेज स्विजरल्याण्डबाट फर्कने क्रममा नेपालको एयरपोर्टमा हराएको थियो । “यो धेरै पहिलेको कुरा हो । तर, विमानस्थलमा लगेज हराउने समस्या अहिले पनि छ,” उनले भने, “मेरो अनुभवमा विमानस्थलका कर्मचारी, पुलिस र एयपोर्टमा सामान ओसारपोसार गर्ने कम्पनीका कर्मचारी मिलेमतोमा लगेज हराएको थियो ।”

 

एयरलायन्स, कर्मचारी, पुलिस र ठेकेदारको मिलेमतो
विमानस्थल भित्र नेपाल एयरलायन्सले विमानस्थिल भित्रको व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिएको छ । “विमानस्थल व्यवस्थापक उत्तररदायी नबन्दा यस्तो समस्या आएको हो,” पूर्व मन्त्री पोखरेलले भने, “चोरी हुने भनेको जहाजबाट ट्रलिमा राखेर कन्टेनरसम्म ल्याउने बेला हुन्छ । यसमा एक्सरे मेसिनमा बसेका कर्मचारी , पुलिस, लोडरको मिलेमतोमा झोला हराउने, तोडफोट गर्ने गरेको देखिन्छ । कतिपय यात्रुलाई त घरै पुगेपछि मात्रै थाहा हुन्छ । अनि कहाँ उजुरी गर्ने ?”

 

यसरी लगेज नै हराउनेले महत्वपूर्ण सामान छ भने उजुरी गर्छन् । तर, खासै महत्वको सामान छैन भने छोडिदिन्छन् । “छुटेको हकमा कम मानिसलाई मात्र उजुरी गरे क्षतिपूर्ति पाइन्छ भन्ने जानकारी हुन्छ,” स्रोतले भन्यो, “उजुरी गर्नेको पनि सामान वा क्षतिपूर्ति आएपछि पीडितलाई जानकारी नगराई कर्मचारीले नै खाइदिन्छन् ।”

 

छुटेको सामान लिन झन्झट
छुटेको सामान लिन पनि पास लिएर जानुपर्छ । पास पाउन त्यति सहज छैन । झन्झटिलो प्रक्रियाले गर्दा कतिपय लगेज लिन फर्केर आउँदैनन् । “महत्वपूर्ण सामान नहुनेहरू त पछि आउँदैनन् पनि । उनीहरूलाई यता आफन्तले घरजाने टिकट लिइसकेका हुन्छन् । कि लगेज छाड्नुपर्‍यो कि बस वा जहाजको टिकट छाड्नुपर्‍यो,” स्रोतले भन्यो ।

 

प्रायः एयर अरेबिया, फ्लाई दुबई, जेट एयरवेजमा लगेज छुट्ने र मिसप्लेस हुने समस्या भएको स्रोतले बतायो । “अरु देशमा लगेज छुट्यो कि यात्रुले तुरुन्त क्षतिपूर्ति दाबी गर्छन् । त्यसैले एयरलायन्सले सजक हुँदै छिट्टै लगेज ट्रान्सफर गर्छ,” स्रोतले भन्यो, “तर, नेपालमा एयरपोर्ट व्यवस्थापन नै भद्रगोल छ । यसले गर्दा एयरलायन्सले मतलब गर्दैनन् ।” यस्तो समस्या नेपाली यात्रुले मात्र नभई विदेशी पर्यटकले समेत दिनहुँ भोग्दै आएका छन् ।

 

पीडितलाई बाहिरै सोधपुछ गर्ने र सम्बन्धीत एयरलायन्सबाट क्षतिपूर्ति लिनसक्ने वातावरण एयरपोर्ट व्यवस्थापनले गरिदिन सक्ने स्रोतको भनाई छ । “एयरलायन्सले क्षतिपूर्ति दिन आलटाल गरे कारबाही गर्नेसम्मको प्रावधान आवश्यक छ,” स्रोतले भन्यो ।

 

जहाजबाट सामान बाहिर आउनै महाभारत
यात्रु एयपोर्टमा सुरक्षित अवतरण गरेपछि बाहिर उसको आफन्तले कुरिरहेका हुन्छन् भने उ भित्र आफ्नो सामान । सामान्यतया जहाज ग्राउण्डेड भएको आधा घण्टामा बाहिर निस्किसक्नुपर्ने हो । तर, नेपालको एयरपोर्टमा डेढ घण्टासम्म आफ्नो सामान आइपुग्दैन । कहिलेकाही त मन्त्री शाही र कमल खड्काको जस्तै ‘तपाईंको लगेज उतै छुटेछ’ भनेर खबर आउँछ ।

 

“हाम्रो एयरपोर्टमा जहाजबाट थोत्रा ट्याक्टरले सामान ल्याउँछ । त्यसपछि ट्रकले चेकिङ गर्ने ठाउँसम्म,” स्रोतले भन्यो, “एउटै साधनले ल्याउने भए सामान पनि सुरक्षित हुन्थ्यो । छिटो पनि हुन्थ्यो ।”

  • #अशोक पौडेल
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार सम्बन्धि थप

  • ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली
  • निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णयनिर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय
  • झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरुझोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु
  • बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेलाबिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

    कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    सात वर्षीया बालिकाकाे उद्धार

    सात वर्षीया बालिकाकाे उद्धार

    मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

    मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

    प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

    प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

    रु ४०० ले उकालो लाग्यो सुन

    रु ४०० ले उकालो लाग्यो सुन

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    ‘संसद विघटनको विरोध गर्ने लोकतन्त्रविरोधी हुन्’ -प्रधानमन्त्री ओली

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    बिव्लव बन्द प्रभाव: मा प्रेसर कुकर बम फेला

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    कोरियामा २७ बर्षिय पौडेलको मृत्यु

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    आठौ ईपिएस परीक्षाका परिक्षा केन्द्र तोकियो , कहाँ र कुन सिफ्टमा पर्नु भो हेर्नुहोस

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    कोरियामा औद्योगिक दुर्घटनामा परेर दुइ नेपालीको मृत्यु

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    प्रचण्डको अर्को लोकप्रिय कदम- कोरियाबाट पैसा पठाउँदा लाग्ने शुल्क अब सरकारले ब्यहोर्ने,हुण्डी पूर्ण रुपमा निरुत्साहित हुने

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    सिबिटी परिक्षा बन्द नभई स्थगित

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरिया भाषा परिक्षा लागि ६८ हजारको आवेदन , औधोगिक र कृषिमा कति -कति आवेदन पर्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियामा मजदुरको तलव १६.४ प्रतिशतले बढ्यो

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    कोरियन भाषा परिक्षा जेठको अन्तिम साता खुल्छ -ईपिएस कोरिया शाखा नेपालका निर्देशक बाबुराम खतिवडा

    समाचार
    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

    एक पालिका : एक खेलमैदान बनाइँदै

    एक पालिका : एक खेलमैदान बनाइँदै

    निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

    निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

    Facebook

    Twitter

    Tweets by HotpatiMedia

    विश्व
    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

    पाल्म बिच- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन्...  विस्तृतमा

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विषेश छुट

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई दियो अनुमति

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

    hotpati logo footer

    हटपाटी मिडिया हाउस प्रा.लि.

    यति प्लाजा,बागबजार काठमाडौं, नेपाल

    ईमेल: hotpatinews@gmail.com

    कार्यालय फोन- ०१६२०१४५३

    स्थायी लेखा नम्बर-६०४३६५२९५

    कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४

    सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४

    हटपाटी मिडिया हाउसका लागि

    संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे

    सह सम्पादक निश्चल काउचा

    कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ

    व्यावस्थापकहरि ढकाल

    सहायक सम्पादक सुर्य चन्द
    विद्या सम

    विश्व आशिष सम्बाहाम्फे

    खेलकुद सुरजसिं सुब्बा

    ग्राफिक डिजाईनर सन्जोग देवान

    कानूनी सल्लाहकार तेजबहादुर बस्नेत

    मार्केटिङ रविन श्रेष्ठ

    यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |


    © 2016 - 2021: Hotpati Media मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑