काठमाडौं- अमेरिकी सरकारले यहाँ अध्ययरत नेपाली विद्यार्थीलाई पुन: एकपटक विशेष सहुलियत प्रदान गरेको छ ।अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको छ । यसअघिको सुविधा हालै समाप्त भएका कारण, पुन अवधि लम्ब्याईएको हो । अमेरिकी सरकारले यो सुविधा, गत सालको महाभुकम्पका कारण प्रदान गर्दै आएको छ ।
महाभूकम्पबाट नेपाली परिवार प्रभावित भएको र त्यसबाट अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको उल्लेख गर्दै ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले सो व्यवस्था गरेको हालै जनाएको छ । डिपार्टमेन्ट प्रमुख जेह चाल्र्स जोहन्सन द्वारा हस्ताक्षरित जारी विज्ञप्ती अनुसार गत मंगलबार देखि सो सहुलियत दिईएको र यसको अवधि सन् २०१८ को जुनसम्म रहनेछ ।
सहुलियत अनुसार नेपाली विद्यार्थीहरुले काम गर्ने अनुमति पत्र ‘वर्क परमिट’ का लागि आवेदन दिनसक्नेछन् । जुन अन्य देशबाट आएका विद्यार्थीको हकमा लागु हुँदैन् । अन्य देशका विद्यार्थीलाई थोरै घण्टाको काम गर्ने अनुमति दिने अमेरिकी अध्यागमन कानुन भएपनि, यो सहुलियतका कारण नेपाली विद्यार्थीले अतिरिक्त समयका लागि ‘वर्क परमिट’ पाउदै आएका छन् ।
मुख्य शर्तको रुपमा यो सुविधा पाउन, कम्तीमा भुकम्प गएको दिन अर्थात २०१५ को अप्रिल २५ देखि वा सो भन्दा अघि देखि नै अमेरिकामा पढाई गरिरहेको हुनुपर्नेछ । विद्यार्थीले अनिवार्यरुपमा आफनो ‘विद्यार्थी हैसियत’ जोगाउनुपर्ने र त्यसका लागि प्रत्येक सेमेष्टरमा नेपाली विद्यार्थीले कम्तीमा स्नातक तहमा ६ क्रेडिट एवम स्नातकोत्तर तहका लागि तीन क्रेडिटको पढाई सुचारु गर्नुपर्ने नियम छ ।
महाभुकम्पको प्रभावलाई मध्यनजर गर्दै यस अघि गत कार्तिकमा अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टिपीएस) को सुविधालाई थप डेढ बर्षका लागि नवीकरण गरेको थियो । महाभूकम्प लगत्तै सन २०१५ जुन २४ मा पहिलोपटक, अमेरिकी सरकारले टिपीएसको सुविधा सहित विद्यार्थीलाई पनि सहुलियत प्रदान गरेको थियो । आजको कान्तिपुर दैनिकमाँ खबर छ |
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस