काठमाडौं-मोबाइल फोन चलाउन निकै आवश्यक परेको बेला फोनको ब्याट्री चार्ज हुन घण्टौँ लाग्ने समस्या आउँदा कस्तो छटपटी हुन्छ ? हामी सबैले भोगेकै कुरा हो । तर यसको समाधानका लागि कुनै जादुमय तरिका छैन । यद्यपि केही काइदा छन् जसले ब्याट्रीलाई राम्रो ढंगबाट चार्ज गर्नका लागि लाग्ने समयलाई केही कम गर्न सहयोग गर्छन् । ती उपाय तपाइँले पनि अपनाउन सक्नुहुन्छ ।
· फ्लाइट मोडमा राख्नुहोस्: यो एउटा निकै साधारण तरिका हो जसले तपाइँको फोन तिव्र गतिमा चार्ज भैरहन्छ । यसो गर्दा लगभग मोबाइल अफ गरेर चार्ज गरे सरह नै तिव्र रुपमा चार्ज हुन्छ । जब तपाइँले फोनलाई फ्लाइट मोडमा राख्नुहुन्छ यसको कल गर्ने, इन्टरनेट ब्राउजिंग तथा जिपिएस जस्ता फिचरहरुले काम गर्दैनन् । तर फोनको चार्ज तिव्र गतिमा हुन्छ र अलार्म पनि चालू हालतमै रहेको हुन्छ ।
· स्विचअफ गर्नुहोस्: जब तपाईं मोबाइलको स्विच अफ गरेर चार्ज गर्नुहुन्छ तब मोबाइलको ब्याट्री छिटो चार्ज हुन्छ ।
· यु एस बी पोर्टबाट चार्ज नगर्नुस्: मोबाइल फोनलाई यु एस बी पोर्टको साटो मोबाइल चार्जरबाट सिधै बिजुलीमा जोडेर चार्ज गर्दा छिटो चार्ज हुन्छ ।
· उचित तापक्रममा राख्नुहोस्: धेरै तापक्रमले ब्याट्रीको चार्ज गर्ने क्षमतालाई कम गरिदिन्छ । फोन तात्नाले ब्याट्रीको क्षमतामा कमी आउँछ । त्यसैले घाममा राखेर फोन चार्ज नगर्नुहोस् ।
· आधिकारिक चार्जरको प्रयोग गर्नुहोस्: चार्जर उस्तै देखिएपनि एउटै हुँदैनन् । सस्तो खालका कमसल चार्जरको प्रयोगले फोन खराब बनाउँदछ । त्यसैले सधै ब्राण्डेड तथा आधिकारिक चार्जको प्रयोग गर्नुहोस् । यसले फोन छिटो चार्ज हुनुका साथै सुरक्षित पनि हुन्छ ।
सन्फ्रान्सिस्को - विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस