काठमाडौं – चीन सरकारले काठमाडौं–रसुवागढी जोड्ने सडकमार्गको स्याफ्रुबेंसी–रसुवागढी खण्डलाई डबल लेनको बनाउन तथा मर्मत सुधारसहित अन्य परियोजनाहरुका लागि साढे १५ अर्ब रुपैँया अनुदान दिने भएको छ। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र चीनका वाणिज्य उपमन्त्री झाङ सियाङचेनले बिहीबार सो अनुदान सम्झौतामा हस्ताक्षर गरेका हुन्।
चीनले दिएको सो अनुदान रकम सिभिल अस्पतालको अपग्रेड तथा नवीकरणसहित दुई सरकारबीच सहमति भएका पुननिर्माणका अन्य परियोजनाहरुमा खर्च गरिनेछ।ती परियोजनाहरुले पर्यटन, व्यापार र लगानीलाई प्रवद्र्धन गर्ने गरी चीनसँगको कनेक्टिभिटीलाई बढाउने बताइएको छ।
१६ किलोमिटर सिंगल लेनको स्याफ्रुबेंसी–रसुवागढी खण्ड यसअघि पनि चीनले नै बनाइदिएको हो।यो सडकखण्ड चीन सरकारले बनाइदिएको हो। यो सडकलाई डबल लेनको बनाइदिन चीन सरकारले नेपाललाई प्रस्ताव गरी भूकम्पपछि सर्वेक्षण समेत गरेको थियो। बीचमा चिनियाँ कम्पनी सम्पर्कविहिन भएपछि यस खण्डको काममा कुनै प्रगति हुन नसकेको अवस्थामा चीनले यो सडक विस्तारका लागि नै तोकेर अनुदान दिएपछि अब काम सुचारु हुने अपेक्षा गर्न सकिन्छ।
गत चैत १२ गते नेपाल—चीनबीच ‘माइन्युट अफ अनसाइट इन्भेष्टिगेसन अफ फिजीबीलिटी स्टडी फर चाइना एड स्याफ्रुबेसी–रसुवागढी हाइवे रिपेयर एण्ड इन्भेस्टमेन्ट परियोजना’ मा हस्ताक्षर भएको थियो।
काठमाडौंदेखि केरुङ जोड्ने यो सडकमार्गको दुरी १ सय ७४ किलोमिटर छ। काठमाडौं—गल्छी खण्डको ५४ किलोमिटर सडक दुई लेनको पक्की छ।१७ पौष, ०७२ मंसिरको मन्त्रिपरिषद् बैठकले गल्छीदेखि रसुवागढी सडक २ वर्षमा निर्माण स्तरोन्नती गर्ने निर्णय गरेको थियो।
नेपाल र चीनको बीचमा व्यापारिक नाकाको रुपमा विकसित हुँदै गरेको केरुङ नाकालाई चीनले भारतसँग समेत जोड्ने लक्ष्य राखेको छ। भूराजनीतिक महत्व बोकेको यो मार्ग नेपालका लागि भविष्यका लागि ‘लाइफ लाइन’ ठानिएको छ। भारतले नेपालमा नाकाबन्दी लगाएको बेला सिंगल लेनको यस सडकमार्गबाट चीनले अनुदानमा दिएको १३ लाख लिटर प्रेटोलियम काठमाडौं ल्याइएको थियो।
एजेन्सी - विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस