काठमाडौं – नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । अहिले चलिरहेको भन्दा दु्रतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आइतबारदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको हो ।
तत्कालका लागि यो सेवा काठमाडौंमा झण्डै तीन लाख र पोखरामा तीन लाख उपभोक्ताले यो सुविधा चलाउन सक्नेछन् । फोर जी सेवा बिस्तारै अरु शहरमा पनि बिस्तार गरिने टेलिकमले जनाएको छ । यो सेवा शुरु भएपछि मोबाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्तालाई धेरै फाइदा पुग्ने टेलिकमले जनाएको छ ।
अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड रहेकोमा फोर जीको न्युनतम स्पिड नै ३५ एमबी प्रतिसेकेण्ड हुने टेलिकमलले जनाएको छ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् ।
सबै उपभोक्ताले चलाउन भने पाउँदैनन
काठमाडौं र पोखराका पनि सबै उपभोक्ताले फोर जी सेवा सञ्चालन गर्न भने पाउँदैनन् । यो सेवा उपयोग गर्न कम्प्याटेवल सिम आवश्यक पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ ।
फोर जी सेवा लिनका लागि मोबाइल सेटपनि फोर जीलाई सपोर्ट गर्ने सुविधा सहितको हुनुपर्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन ।
खार्तूम -सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस