सोल-दक्षिण कोरियाले विभिन्न १० ओटा मोडेलका कारमाथि प्रतिबन्ध गर्ने निर्णय गरेको छ । प्रतिबन्धित कारमा जापानी कारनिर्माता कम्पनी निशान, जर्मन निर्माता कम्पनी बीएम्डब्ल्यू र प्रोश्चेका केही मोडेलहरू रहेको बताइएको छ । उत्सर्जनसम्बन्धी गलत प्रमाणपत्रहरू तयार गरेको भन्दै ती कारमाथि प्रतिबन्ध गरिएको त्यहाँको वातावरण मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि फक्सवागनलाई पनि त्यस्तै कागजात तयार गरेको भन्दै प्रतिबन्ध गरिएको थियो । सन् २०१६ को अगष्ट महीनामा सरकारले उत्सर्जन र ध्वनि परीक्षणसम्बन्धी गलत कागजात तयार गरेको भन्दै यी कारका १० ओटा मोडेल पनि अनुसन्धानपछि प्रतिबन्ध गर्न सक्ने चेतावनी दिएको थियो । निशानको क्वासाकी मोडेल गतवर्षको जुनदेखि नै प्रतिबन्धित छ भने अन्य नौ मोडेलका कारहरू पनि गतवर्षको डिसेम्बर महीनादेखि नै प्रतिबन्धित रहेको वातावरण मन्त्रालयले बताएको छ ।
यसअघि दक्षिण कोरियामा विक्री भइसकेका ४ हजार ५ सय २३ सवारीसाधनको क्षतिपूर्तिस्वरूप करीब ५९ लाख डलर ती कम्पनीका स्थानीय विक्रेतालाई एकमुष्ठ जरीवाना गरिएको पनि मन्त्रालयले बताएको छ । निशान र बीएम्डब्ल्यूका कोरियाली एकाइका प्रवक्ताहरूले प्रतिबन्धित मोडेलका कारहरूको पुनः प्रमाणीकरण गर्न प्रयास गर्ने बताएका छन् । पछिल्लो तथ्याङ्कअनुसार दक्षिण कोरियामा सन् २०१६ को पहिलो ११ महीनासम्ममा विदेशी कारको विक्री ७ प्रतिशतले घटेको छ । यो सन् २००९ पछिकै सबैभन्दा कम भएको बताइएको छ ।
नयाँदिल्ली - भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस