काठमाडौं – कुनै होटेलमा समोसा, जेरी, रोटीजस्ता खानेकुराहरु किनेर पत्रिकामा पोको पारी घरमा ल्याएर खाने गर्नुभएकै होला ? तर सावधान ! यसरी पत्रिकामा पोको पारेर राखिने पकवानहरु खाँदा क्यान्सरजस्ता खतरनाक रोगको जोखिम रहने बताइएको छ ।
हालै भारतको खाद्यसुरक्षा तथा मापदण्ड प्राधिकरणले एक एडभाइजरी जारी गरेको छ, जसमा भनिएको छ कि- पत्रिकामा प्रयोग गरिने मसीमा कतिपय यस्ता बायोएक्टिभ पदार्थहरुको प्रयोग गरिएको छ, जुन खानेकुरामा टाँसिएर हाम्रो शरीरभित्र प्रवेश गर्दछन् अनि हाम्रो स्वास्थ्यलाई बिगार्दछन् ।
खासगरी पत्रिकाको मसीलाई सुकाउनका लागि केही रसायनहरुको प्रयोग गरिन्छ । यस्ता रसायनहरु शरीरमा प्रवेश गर्दा रक्त तथा फोक्सोको क्यान्सरको समस्या पैदा गर्दछन् ।
पत्रिकाको मसीमा हानिकारक रसायन हुन्छन्, जसले शरीरमा हर्मोनलाई असन्तुलित बनाउँछ । जसकारण विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा हुन्छन् । पत्रिकाको मसीमा डिससोबुटिल थ्यालेट नामक रसायन पाइन्छ, जसले अपचको गम्भीर समस्या पैदा गर्दछन् ।
पत्रिकामा प्रयोग गरिने मसीमा हुने कतिपय रसायनले महिलाहरुमा प्रजजन सम्बन्धी समस्या पैदा गर्दछ । मसीमा हुने कतिपय रसायनले शरीरको रोगप्रतिरोधक क्षमता घटाउँदछ । जसले शरीरको रोगसँग लड्ने क्षमता कम हुन्छ ।
काठमाडौँ - भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस