सोल-एक वर्षभित्र उत्तर कोरियाको हतियार क्षमतामा गुणात्मक सुधार आएको अमेरिकी उपविदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् ।
सन् २०१६ मा उत्तर कोरियाले अभूतपूर्व तीव्रताका साथ आणविक र क्षेप्यास्त्र परीक्षण गरेको उनको भनाइ छ । यसले निम्त्याउने खतरा दिनदिनै बढिरहेको उनले बताए ।
तर अमेरिका र सहयोगी देशहरू चुप लागेर नबसेको बताउँदै ब्लिन्केनले अन्य देशले सुरक्षा संयन्त्रलाई मजबुत बनाएको जानकारी दिए ।
जापान र दक्षिण कोरियाका मन्त्रीहरूसँगको भेटघाटपछि उनले यो बताएका हुन् । उत्तर कोरियाले अमेरिकी भूमिमा मार हान्न सक्ने क्षमता कत्तिको विकास गरिसकेको प्रस्ट भएको छैन ।
त्यहाँका सर्वोच्च नेताले गत आइतवार अन्तर्महाद्वीपीय क्षेप्यास्त्रको निर्माण अन्तिम चरणमा पुगेको बताएका थिए ।
दक्षिण कोरियाका अर्थमन्त्रीले क्षेप्यास्त्रबाट सुरक्षा गर्ने अमेरिकी प्रविधि आफ्नो देशले लगाउने निर्णयका कारण चीनले अप्रत्यक्ष कारवाही चलाइरहेको आशंका गरेका छन् ।
अमेरिकाको थाड प्रतिरोधात्मक प्रणालीको शक्तिशाली राडरले आफ्नो भूमिमा प्रवेश गर्न सक्ने चीनको चिन्ता छ ।
यो प्रणाली लगाएमा अमेरिका र दक्षिण कोरियाले त्यसको मूल्य चुकाउनुपर्ने चीनले चेतावनी दिएको छ ।
दक्षिण कोरिया र अमेरिकाले भने क्षेप्यास्त्र प्रणाली उत्तर कोरियाबाट हुने खतरालाई रोक्न मात्र केन्द्रित रहेको बताएका छन् ।
म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस