काठमाडौं- सर्वोच्च अदालतले लोकनमासिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा रहन अयोग्य भएको ठहर गरेको छ ।
सर्वोच्च अदालतमा आइतबार न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले उच्च नैतिक चरित्र नभएको कारण देखाउँदै उनलाई अयोग्य ठहर गरेको हो ।
त्यसैगरी, म्याद तामेलीमा अवरोध गर्ने शम्भुबहादुर खत्री, सरिता राई, भेषराज अर्याल, नकुलराज गौतम र प्रबल थापालाई एक हजार रुपैयाँ जरिवाना गर्ने आदेश पनि सर्वोच्चले दिएको छ ।
अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीको नियुक्ति बदर गर्नुअघि आजै सर्वोच्चमा उनको योग्यतासम्बन्धी मुद्धाको बहस भएको थियो । रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालको तर्फबाट अधिवक्ताहरु शम्भू थापा, निवेदक अर्याल, टिकाराम भट्टराई, रमेश बडाललगायतले बहस गरेका थिए ।
पुस ७ गतेदेखि सुरु भएको सुनुवाईमा कार्कीका तर्फबाट बद्रीबहादुर कार्की, सुशील पन्त, महादेव यादवलगायतले बहस गरेका थिए ।
काेलाेम्बाे - सरकारले रूसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिइएको हो । श्रीलङ्काको पत्रिका द... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
संचालक तथा सम्पादक देवेन्द्र सम्बाहाम्फे
सह सम्पादक निश्चल काउचा
कार्यकारी सम्पादक ऐश्वर्य श्रेष्ठ
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
खेलकुद सुरजसिं सुब्बा
ग्राफिक डिजाईनर सन्जोग देवान
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
मार्केटिङ रविन श्रेष्ठ
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस